नाटकको भविष्य उज्वल छ, एकदिन यसले चमत्कार गर्छ : अशेष मल्ल – Dcnepal

नाटकको भविष्य उज्वल छ, एकदिन यसले चमत्कार गर्छ : अशेष मल्ल

संसारभरका क्रिएटिभ मानिसहरु एउटै कुरो खोजिरहेका हुन्छन्। त्यो हो स्पेस। डान्स गर्नेले, कविता लेख्नेले, गीत गाउनेले पनि स्पेस खोजिरहेको हुन्छ। मैले पनि स्पेस खोजिरहेको थिएँ। काठमाडौंमा पञ्चायती व्यवस्थाको क्रुर अवस्था थियो। हाम्रो नाटकलाई सेन्सरसीप भयो।

अहिलेको जेनेरेसनले कल्पना पनि गर्न सक्दैन। सिडिओ अफिसमा गएर सेन्सर गर्नु पर्ने, ४० पेजको नाटकलाई २० पेजमा झार्ने। उनीहरुले अलिकति पनि पञ्चायतलाई आलोचना गरेको कुरा राख्थेनन्।

अर्को कुरा के भने हलको भाडा धेरै महंगोे। म विध्यार्थी थिएँ। नाटक भनेको कोलाब्रेटिड आर्ट हो। त्यहाँ साउण्ड, लाईट, म्यूजिक हल आदि इत्यादि सबै कुरामा खर्च हुन्छ। म जस्तो मान्छेले, खर्च व्यहोर्न नसक्ने कलाकार, रंगकर्मीहरुले नाटकै नगर्ने त? यसैको प्रतिउत्तरमा सडक नाटक जन्मिएको हो।

सडक नाटक भएपछि हलको खर्च पनि जोगिने। प्रकाश, ध्वनी पनि नचाहिने, सरलरुपमा रंगमञ्मा जस्तै नाटक हुन सक्ने भएकाले पनि सडक नाटकको जन्म भएको हो। हामीले २०३९ साल भदौ महिनाबाट सडक नाटकको सुरुवात गर्यौँ।

प्राकिृतिक चुनौतीहरु आफ्नो ठाउँमा छ। त्यो बेलामा प्राकृतिक विपत्ति भन्दा बढी अर्को विपत्तिको सामना गर्नु पथ्र्यो त्यो हो पञ्चायती व्यवस्था। हामीले त्यो बेलाको राजनीति, स्वतन्त्रताको लागि नाटकहरु लेख्ने र प्रदर्शन गर्ने गथ्र्यौँ। त्यतिबेलाको प्रशासनलाई त्यो कुरा पाच्य हुँदैन थियो। त्यस्ता नाटकहरु हलमा गर्न पनि दिँदैन थियो। हामीले खुल्ला चौरमा त्यो नाटकहरु गथ्यौं। त्यो बाध्यता पनि थियो।

नाटक भनेको योजनाले मात्र लेखिन्छ। बच्चालाई जन्माउन जसरी ९ महिना लाग्छ त्यसै गरी नाटक ९ महिनामा जन्म लिन पनि लाग्न सक्छ र ९ वर्ष पनि लाग्न सक्छ। पहिला काठमाडौं उपत्यकालाई नै काठमाडाैं भनिन्थ्यो। काठमाडौं उपत्यकाभित्र लेखिएका साहित्यलाई मात्र साहित्य भनियो। यहाँको मात्र इतिहास खोजियो। तर, अहिलेअहिले आएर उपत्यका बाहिरको पनि इतिहास खोज्ने र लेख्ने काम भइरहेको छ।

बाहिर नाटक गरेपछि हामीले विशेष गरी क्याम्पसहरुको हाताभित्र नाटक देखाउन थाल्यौं। त्यतिबेलाको पुलिस प्रशासनसँग विद्यार्थीहरु भिड्थे, हाम्रो पहरेदार भनेको विद्यार्थीहरु हुन्थे।

त्यसो गर्दै स्वतन्त्रताको आवाज जनतासँग सिधै पुग्नका लागि हामीले आन्दोलनकै रुपमा सडक नाटक गरेका थियौं। सबैमान्छेहरु टिकट काटेर हलमा हेर्न आउन सक्ने अवस्था त हुन्थेन। तर, स्वतन्त्रताको लागि सबैलाई सचेतना दिनु थियो, जागरुक गराउनु थियो। सु–सूचित गराउनु थियो।

एउटा घटना छ। विमल कोइरालासँग मिलेर एउटा नाटक गरेका थियौं कीर्तिपुरमा। त्यो बेलाको सरकारलाई व्यङ्ग्य थियो। नाटक गर्दा गर्दै बीचमै पर्दा बन्द भयो। हामी छक्क पर्यौं। अँध्यारो भयो। अध्यारोमै हामीलाई पिटे। कसले पिटे थाहा भएन। त्यो बेलामा सिभिल ड्रेसमा आएको पुलिस र मण्डलेहरु रहेछन् पछिमात्र थाहा भयो। त्यो खालको हप्कीदप्की व्यहोरेपछि अनि ‘मुर्दावादमा उठेका हातहरु’ नाटक लेखेको हुँ।

मेरो रुचिको विषय निर्देशन हो। निर्देशकमा हुने कल्पनाशीलता सर्जकको उच्च तह हो। सिर्जनालाई पुनःसिर्जना गर्नुलाई निर्देशन भनिन्छ। नाटक भनेको मञ्चीय विधा हो। यसमा अभिनय तत्वलाई निर्देशकले देखाउने शिल्पमा भर पर्छ। यसको अभिनय तत्व, मञ्चीय तत्व, दृष्य तत्व हुने हुँदा निवन्ध, उपन्यास र अरु साहित्य भन्दा नाटक विशेष छ। त्यसैले स्टेजमा नपुगेसम्मको नाटक अपूर्ण हुन्छ। नाटकको जीवन भनेको रंगमञ्च हो।

संसारमा अहिले पनि औलामा गन्न मिल्ने नाटककार छन्। एउटा नाटककारले जन्म लिन आधा शताब्दी लाग्छ। सेक्सपियरपछि अर्को नाटककारको जन्म हुन करिव ६० वर्ष लागेको थियो। यसको कारण भनेको रंगमञ्च हो। जुन नाटककारलाई रंगमञ्चको ज्ञान हुँदैन, स्टेजको ज्ञान हुँदैन, उसले नाटक त लेख्ला तर सफल हुँदैन।

कविता होस्, नाटक होस्, नृत्य होस्, सिनेमा होस्, संगीत होस्, यी सबै एउटै हुन। सिर्जनाको अभिव्यक्ति मात्र हुन। हामीले कसरी आफ्नो सिर्जनालाई अभिव्यक्त गर्ने भन्ने कुरा न हो। एउटा संगीतकारले गर्ने अनुभूति, चित्रकारले गर्ने अनुभूति, नाटककारले गर्ने अनुभूति उसको सिर्जनामा झल्किने हो। विधा फरकफरक हो तर स्रोत एउटै हो। कविता बाँध फूटेर आउछ।

नाटक भनेको योजनाले मात्र लेखिन्छ। बच्चालाई जन्माउन जसरी ९ महिना लाग्छ त्यसै गरी नाटक ९ महिनामा जन्म लिन पनि लाग्न सक्छ र ९ वर्ष पनि लाग्न सक्छ। पहिला काठमाडौं उपत्यकालाई नै काठमाडाैं भनिन्थ्यो। काठमाडौं उपत्यकाभित्र लेखिएका साहित्यलाई मात्र साहित्य भनियो। यहाँको मात्र इतिहास खोजियो। तर, अहिलेअहिले आएर उपत्यका बाहिरको पनि इतिहास खोज्ने र लेख्ने काम भइरहेको छ।

पहलमानसिंह सुवारले बालकृष्ण समभन्दा पहिला नाटक लेख्नु भएको रहेछ। ‘अटलबहादुर’ नामको उक्त नाटक डोटीमा लेखियो। आधुनिक नाटककार भनेर समलाई चिनिन्छ। अहिले बल्ल थाहा भयो। ‘अटलबहादुर’का लेखक राणाले दुःख दिएकै कारण भागेर भारतमा बसेका रहेछन्। बालकृष्ण समभन्दा पहिला नै आधुनिक नाटकलाई उनले जन्म दिएका रहेछन्।

उपत्यकामा पनि इतिहास नभएको हैन। भक्तपुरमा भूपतेन्द्र मल्ल आफैं नाटक लेख्थे, निर्देशन गर्थे, त्यो इतिहास पनि छ। तर, देशमा संघीयता आएपछि चौतर्फी विकास हुन्छ। डोटीको नाटकको इतिहास, जुम्लाको, धनकुटाको वा अन्य जिल्लाहरुको सबै ठाउँको नाटकको इतिहास अब लेखिन्छ, लेखिने क्रममा पनि छ।

मैले २०६२/६३ को जनआन्दोलनपछि धेरै फिल्डमा सचेतना आएको देख्छु। महिला मुक्तिका विषयमा होस्, साहित्य, कला, रंगकर्मी सबैले आफूलाई सचेत भएको अनूभति गरेका छन्। अरुजस्तै रंगकर्मीहरुले पनि आफ्नो इतिहास लेखियोस् भन्ने चाहाना राखेका छन्। मलाई लाग्छ, अबको केही वर्षमा रंगकर्मीहरुको वा नेपालको नाटकको इतिहास लेखिने कुरा पनि पूरा हुन्छ होला।

अहिले त नाटक डिजिटल युगमा प्रवेश गरिसकेको छ। हाम्रो जमनामा हामीले एउटा किताब पढ्न पनि पाउँथेनौं। अहिले मोबाइल नै हातमा छ भने विश्व मोबाइलमा छ। त्यस्तै विश्वको नाटक पनि मोबाइलमा नै छ। त्याहाँको नाटकमा भएको विकासक्रम हामीले यहीँबाट हेर्न पाउँछौं। तर, नाटक एक्लैले गर्ने विधा हैन। यसका लागि टिमवर्क हुनुपर्छ। हल, लाईट, साउण्ड अनेकौँ यस्ता कुरा हुन्छन् जुन खर्चिला हुन्छन्। खर्चिलो विधा पनि हो यो।

आर्ट २ प्रकारको हुन्छ। यथार्थ, अनयथार्र्थ। यथार्थमा सिनेक्षेत्र पर्छ। जस्तो सगरमाथाको भिडियो चाहिएमा खिच्न जान सकियो। जंगल चाहियो खिच्न सकियो। देखाउन सकियो। दर्शकले रियल सगरमाथा र जंगल हेर्न पाउने भए। त्यो सिनेमा क्षेत्रको सकारात्मक पक्ष पनि हो।
नाटक अनयथार्थ हो। यसमा सिम्बोलको बढी प्रयोग हुन्छ।

विम्ब, प्रतीक, चिन्हको प्रयोग हुन्छ। नाटकमा हामीले सगरमाथा र जंगल लिएर स्टेजमा देखाउन त सक्दैनौं। त्यहाँ देखिन्छ निर्देशकको कल्पनाशीलता। त्यसैले म भन्छु यथार्थ हेर्नु छ भने सिनेमा हेर्नुहोस्, नाटक हेर्न आउनेले कल्पनाशीलता, बिम्ब र प्रतीकलाई बुझ्न सक्नु पर्छ।

प्रेम र यौन कोठामा एक्लै गर्ने कुरा हो। नाटकमा प्रेम घुसाउनु हुँदैन भनेको हैन, प्रेम र यौनमा परियो भने उद्देश्य प्राप्तिमा बाधा आउन्छ भन्ने कुरा हो मेरो। मेरो एउटा अष्ट्रेलियन साथी छ। उसले मलाई भन्छ, ‘तेरो देशमा हिमालहरु छ, त्यति सुन्दर छ। कति राजनीतिको मात्र नाटक लेख्छस्, त्यो पनि लेख्न।’

मैले उत्तर दिन्छु जहाँ अभावै अभाव छ, त्यहाँ कसरी प्रकृतिको नाटक हुन्छ। मैले मेरो देशमा भएको अभावलाई हेरेर सगरमाथाको वर्णन गर्नु ? अभाव छ, गरिबी छ। यो कुरा देखाउँदा देखाउँदै जीवन गयो। प्रेमका कुरापछि गरौंला।

नेपाली रंगमञ्च एकदमै गाह्रो छ। हामीले दुईवटा ‘सी’ भन्छौं। एउटा सी भनेको कमिटमेन्ट र अर्को सी भनेको कन्टिन्यूटी। निरन्त हिँडेमा मात्र सगरमाथा पुगिन्छ। यो नाटकमा निरन्तर हिड्न गाह्रो छ। आर्थिक समस्या हुन्छ। परिवार हुन्छ। परिवारले साथ दिएन भने पागलहरुको लाग्ने ठाउँ हो भन्छु म त। मेरो हकमा म त भाग्मानी हुँ। मेरो श्रीमती आफैले नाटकमा पीएचडी गरेकी छिन्। छोरी र छोराले पनि यहीबाटो रोजेका छन्। हामीले घरमा एकले अर्कालाई सपोर्ट गरेका छौं।

मैले बारम्बार भन्ने गेको छु। मानिसको जन्म भगवानले दिएको डिउटी पूरा गर्नका लागि भएको हो। तपाईँले पत्रकारिता गरिरहनु भएको छ। अर्कोले अर्को कुनै काम गरिरहनु भएको छ। मैले नाटक गरेँ। मलाई नाटक गर्ने जिम्मेवारी दिएर पठाउनु भएको थियो त्यो गरेँ। आफ्नो कतव्र्य पूरा गरेपछि बाँकी भगवाले हेर्छन्।

मैले अघि पनि भने एउटा नाटकले जन्म लिन ९ वर्ष पनि लाग्न सक्छ। मेरो श्रीमतीले नाटकमा पीएचडी गरेकी छिन्। मेरो पहिलो पाठक उनी हुन्। उनले समिक्षकको काम गरेकी छन्। कुनै पनि कला साहित्यमा समिक्षक भनेको गुरु हो।

एउटा अनकण्टार जंगलमा भौतारिरहेको बेला हात समातेर बाटो देखाउनेलाई गुरु भनिन्छ। कलाकारको लागि समिक्षक पनि त्यस्तै खालको गुरु हुन्। म त्यो भाग्मानी मान्छे हो जसले घरमै गुरु पाएको छु। हाम्रो घरमा त कहिलै पनि पारिवारिक कुरा हुँदैन। खाली कला साहित्य यस्तै यस्तै कुरा हुन्छ।

नाट्य क्षेत्रमा लागेर जीवन जिउन गाह्रो मात्र हैन असम्भव जस्तै छ। हामीले यहाँ थेयटरमा विदेशी कलाकार बोलाउँदा तुरुन्तै आउँछन्। किन भने त्यहाँको सरकारले नै उनीहरुलाई सहयोग गरेर पठाउँदो रहेछ। हाम्रोमा कोही छैन। गाह्रो छ। यो विधामा आउने सबैलाई मैले यही कुरा भन्न चाहान्छु, यो विधानमा गाह्रो छ भनेर बुझेर मात्र आउनुहोस्।

तर, आफ्नो सन्तुष्टिमा नै जीवन चलेको हुन्छ। मैले अघि पनि भने आफ्नो डिउटी निभाएपछि भगवानले हेर्छन। यो गाह्रो छ तर भविश्य उज्वल छ। विस्तारै अरु क्षेत्र जस्तै यो पनि व्यवसायीकतातर्फ जाँदै छ। एकदिन नाटकले चमत्कार नै देखाउँछ।

नाटककार मल्लसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेकाे कुराकानीमा आधारित

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो