भौगोलिक रुपमा भिन्न परिवेशमा रहे पनि महिलाहरुले भोग्दै आएका कथा उस्तै हुन् : राजदूत भाल्क

तर्कबहादुर थापा
२९ फागुन २०७७ १९:३९

काठमाडौं । ललितपुस्थित अगेनोमा शनिवार विहान मेला लागेको थियो। महिलाहरुले आफूले बनाएका सामाग्रीहरुको व्यापारका लागि टेबुलमाथि सामानको नमुना देखाएर बसेका थिए।

महिलाहरुले गरेको उद्यमका बारेमा बुझ्ने एक विदेशी पाहुन थिइन्,  नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भाल्क । लैंगिक आधारमा हुने हिंसाको अन्त्यका लागि प्रयास गर्दै आएको साथी संस्थाका फाउण्डर तथा संस्थापक अध्यक्ष बन्दना राणा राजदूत भाल्कलाई नेपाली उत्पादनका बारेमा जानकारी गराई रहेकी थिइन्।

‘हलो नमस्ते, दिस इज…’  हरेक टेबुलमा राजदूत पुग्दा सुनिने भाषा थियो। अस्ट्रेलियाबाट नेपाल आएकी उनलाई अंग्रजी भाषामा आफूले बनाएको सामाग्रीका बारेमा  जानकारी गराउँदै थिए महिलाहरु।

बन्दना राणाले विभन्न क्षेत्रमा रहेर महिलाको हक अधिकारका लागि काम गरिरहेका हरेकलाई सम्बोधन गरीन र भनिन्, सबै याहाँ आउनु भएको छ। राजदूत भाल्कले अवलोकनको कार्य सकेर सम्बोधन गर्न थालिन्।

राजदूत भाल्कले राजनीतिक तथा भौगोलिक रुपमा भिन्न परिवेशमा रहे पनि महिलाहरुले भोग्दै आएका र सामाना गर्दै आएका कथा उस्तै हुने गरेको स्मरण गरिन्। उनले यी समस्याहरुलाई एकीकृत प्रयासबाट समानता तर्फको यात्रा तय गर्न सकिने पनि बताइन्।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर  साथी संस्थाले गरेको महिला उद्यम मेलामा सम्बोधन गर्ने क्रममा भाल्क भन्दै थिइन्, ‘महिलाहरुको शक्ति र नेतृत्वको पक्षमा सदैव मेरो जोड रहन्छ । अस्ट्रेलिया र नेपालको भौगोलिक तथा राजनीतिक परिवेश फरक होला तर दुवै क्षेत्रका महिलाले भोग्ने गरेका हिंसा, उत्पीडन र असमान व्यवहारको कथा लगभग उस्तै छ।’

राजदूत भाल्कले भनिन्, ‘हिंसा र पहुँचबाट विमुख पारिने महिलाहरुलाई अघि ल्याउनका लागि महिलाले नै नेतृत्व गर्नु पर्छ । यो मेलाले नयाँ पिँढीलाई उत्साहित पाने विश्वास लिएकी छु।’

नेपालका लागि अस्ट्रेलियन राजदूतका रुपमा आउने आफू चौथो महिला रहेको र यहाँका महिलाहरुको सशक्तिकरणका लागि सक्दो प्रयास गर्न तथा आत्मविश्वास र अग्रसरताको कथा लिएर फर्किन चाहेको राजदूत भाल्कले सुनाइन ।

नेपाल इनभेस्टमेन्ट बैंकसँगको सहकार्यमा साथीले गरेको मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका खाद्य, कपडा, गरगहना, हस्तकलासहितका सामानहरु प्रदर्शनमा राखिएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *