लाहानस्थित मालपोत कार्यालयमा विष्फोट, जनतान्त्रिकले विष्फोट गराएको आशंका

डिसी नेपाल
१ चैत २०७७ १४:२७
1.2k
Shares

काठमाडौं। सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ। कार्यालयभित्र टेबुलमूनि राखिएको बम विष्फोट हुँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भिर छ।

आइतबार दिउँसो करिब १ बजे बम विष्फोट भएको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए। उनले भने, ‘हाम्रो टोली पुग्न लागेको छ। दिउसो बम विष्फोट भएको हो।’

राजभण्डारीका अनुसार जनतान्त्रिक मुक्ति मोर्चा गोहित समूहका सेकेण्डम्यान रामविलास यादवले प्रहरी सामु आत्मसमपर्ण गरेका थिए। उनले आत्मसमर्पण गरेपछि एक पक्ष असन्तुष्ट पनि रहेको थियो। सोही असन्तुष्ट पक्षले विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

‘बम विष्फोट कसले र किन गराएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ’, प्रहरी उपरीक्षक राजभण्डारीले भने, ‘इलाका प्रहरी कार्यलयको टोली २–४ मिनेटमै घटनस्थल पुगेर स्थानलाई नियन्त्रणमा लिएको छ। हाम्रो टोली पनि पुग्दै छ।’

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको राजभण्डारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *