लाहान विष्फोटका घाइतेलाई काठमाडौं ल्याइयो

डिसी नेपाल
१ चैत २०७७ १६:२८

काठमाडौं। सिराहाको लाहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विष्फोटमा घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। सिराहको धनगडीमाई नगरपालिका ४ का ३५ वर्षीय दिनेश भण्डारीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

आइतबार दिउँसो मालपोत कार्यालयमा विष्फोट हुँदा ८ जना घाइते भएको सिराहका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए। घाइते मध्ये नासु शिवकुमार यादवलाई विराटनगर पठाइएको छ।

अन्य घाइतेको लाहानमै उपचार भइरहेको छ। प्रहरीले सो विष्फोट जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले गराएको आशंका गरेको छ। घटनास्थलमा गोइत समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। त्र घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *