ओलीसँगको छलफलपछि माधव समूहको अर्याल होटलमा भेला

डिसी नेपाल
२ चैत २०७७ १६:३२
480
Shares

काठमाडौं। एमाले पार्टी मुख्यालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह बानेश्वरस्थित अर्याल होटलमा भेला भएको छ। भेलामा माधव समूहका केन्द्रीय सदस्यहरु र सांसदहरु पनि सहभागी छन्।

प्रधानमन्त्री तथा अध्यक्षसँग सोमबार भएको धुम्बाराही वार्ताबारे वरिष्ठ नेता नेपालले ब्रिफिङ गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए। यस्तै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले मंगलबारका लागि बालुवाटारमा बोलाएको चियापान कार्यक्रममा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल हुने जनाइएको छ।

बालुवाटारको चियापानमा सबै नेताहरुलाई केन्द्रीय सदस्यको हैसियतमा निम्ता गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *