सगरमाथा आरोहण गर्न नेपाल आएका बहराइनी राजकुमार ७ दिन क्वारेन्टिन बस्ने
काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमार नेपाल आइपुगेका छन्। सोमबार साँझ राजकुमार शेख मोहम्मद हमद मोहम्मद खलिफा नेपाल आएका हुन्। उनी १६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।
टोलीमा १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक छन्।
राजकुमार खलिफाको टोली क्वारेन्टिन बस्न होटल म्यारियट पुगेका छन्। उनीसहित सबै टोली सोही होटल क्वारेन्टिनमा बसेको छ। ७ दिनसम्म उनीहरु क्वारेन्टिनमा बस्ने जनाइएको छ। उनीहरुको पीसीआर पनि परीक्षण गरिने जनाइएको छ।
त्यसपछि भने सो टोली लुक्ला जाने कार्यक्रम रहेको छ। ७९ दिनको कार्यक्रम लिएर राजकुमार खलिफा नेपाल आएका हुन्। उनले सगरमाथा आरोपण गर्ने मुख्य कार्यक्रम छ। कुनै पनि देशका राज परिवारले सगरमाथा आरोहण गर्न लागेको यो पहिलो पटक हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment