राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

डिसी नेपाल
२ चैत २०७७ २०:४२
196
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन्। मंगलबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालय शीतलले जनाएको छ।

प्रतिनिसधा विघटन गर्ने सरकारको निर्णयमा हतार गरेर सदर गरेको भन्दै राष्ट्रपति भण्डारीको आलोचनासमेत भएको थियो। अहिले सर्वोच्चले संसद पुनःस्थापना गरे पनि देशमा एक किसिमको गतिरोध रहेको बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन्।

राष्ट्रपति भण्डारीले आगामी हप्ता बंगलादेशको राजकीय भ्रमण गर्न लागेकी छन्। बंगलादेश भ्रमणअघि पनि उनले दलहरुसँग छलफल गर्न खोजेको शीतल निवासले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *