मधेसमा गडबड गर्ने सशस्त्रमाथि भटाभट कारवाही

डिसी नेपाल
३ चैत २०७७ ८:११

काठमाडौ। सीमा सुरक्षा गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीले पूर्वी तराई जिल्लाका सिमानामा भारतीय तस्कर नियन्त्रण गर्न नसकेको भन्दै सशस्त्र प्रहरीका अधिकृतहरु माथि कारवाही गरेको छ।

सीमा नाका कडाइ गर्न माथिल्लो निकायले दिएको निर्देशनका राम्रोसँग पालना नगरेको भन्दै उनीहरू माथि कारवाही गरिएको हो। शसस्त्रका बाहिनीपति चन्द्रप्रकाश गौतमले पर्सा सिरहाका शसस्त्र प्रहरी अधिकृत दिनेश बानियाँ माथि कारवाही गरेका हुन्।

यस्तै, कारवाहीमा पर्नेहरुमा सशस्त्र प्रहरी निरीक्षक अजय कुमार झा रहेका छन्।  नं. १२ गणमा कार्यरत झाकाे छ वर्ष  तलब बृद्धि रोक्का  गरिएकाे छ।  यसैगरी सशस्त्र प्रहरी हवल्दार दिपकप्रसाद काफ्लेकाे ५ वर्ष तलब बृद्धि रोक्का गरिएकाे छ।

यसैगरी कारवाहीमा पर्नेमा सशस्त्र प्रहरी हवल्दार सरवन कुमार बस्नेत  नं ९ गणमा कार्यरतमाथि निलम्बन प्रक्रिया अगाडि बढाइएकाे छ।

यस्तै, सशस्त्र प्रहरी हवल्दार  अरुण कुमार यादवमाथि पनि  निलम्बन प्रक्रिया अगाडि बडाइएकाे छ भने  सशस्त्र प्रहरी जवान उमेश महताे चौहान निलम्बनमा परेका छन्।  सशस्त्र प्रहरी नायक उपरीक्षक  योगराज दाहाल र  सशस्त्र प्रहरी  नायव उपरीक्षक  श्याममणि ढकाल  कारवाहीमा परेका छन्।

यसैगरी सशस्त्र प्रहरी जवान सतेन्द्र कुमार यादव काे घटुवा गरिएकाे छ भने  सशस्त्र प्रहरी जवान रबि कार्कीकाे सुरु स्केलमा घटुवा गरिएकाे छ। यसैगरी सशस्त्र प्रहरी नायक उपरीक्षक  श्याममणि ढकाल , सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर न्यौपाने ,  सशस्त्र प्रहरी निरीक्षक सुजन कुमार गोले , र सशस्त्र प्रहरी नायव निरीक्षक अमृत बहादुर ओली नसिहतसहितकाे कारवाहीमा परेका छन्।

यसैगरी सशस्त्र प्रहरी सहायक निरीक्षक अरुण नकर्मी ,  सशस्त्र प्रहरी हवल्दार  लक्ष्मण कुमार मैनाली,  सशस्त्र प्रहरी जवान करण कुमार यादव सशस्त्र प्रहरी जवान  गौतम चौधरी ,  सशस्त्र प्रहरी जवान करण कुमार यादव, रसशस्त्र प्रहरी जवान सन्दिप सहनी तथा  सशस्त्र प्रहरी जवान थलमान सुबेदी र सशस्त्र प्रहरी जवान बाल किशोर राम नसिहतकाे कारवाहीमा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *