बालुवाटारमा प्रधानमन्त्रीको चियापान, माधव नेपाल समूहद्वारा बहिष्कार
काठमाडौं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको छ।
बालुवाटारमा जारी चियामानमा एमाले ओली समूहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ भने माधव नेपाल समूहले चियापान कार्यक्रम बहिष्कार गरेको छ। चियापानमा पार्टी एकता अभियान चलाइरहेका लालबाबु पण्डित सहभागी छन् भने अर्का बामदेव गौतम भने सहभागी छैनन्।
सोमबार पार्टी कार्यालय धुम्बारहीमा दुबै समूहबीच वार्ता भएको थियो। वार्तामा आआफ्ना अडानका कारण निष्कर्षमा नपुगे पनि सकारात्मक रहेको प्रतिक्रिया दुवै समूहले दिएका थिए।
वार्तामा प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेको निर्णय नमान्ने नेपाल समूहले अडान राखेको छ भने उक्त चैत ३/४ गते हुने कार्यकर्ता भेला नगर्न ओली समूहले नेपाल समूहलाई आग्रह गरेको छ।
तर, नेपाल समूहले आफ्ना कार्यक्रम निरन्तरता दिने भएको छ। चैत ७ गते ओली समूहद्वारा बोलाइएको बैठकमा पनि सहभागि नहुने नेपाल समूहको धारणा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment