प्रधानमन्त्रीको सरकारी निवासमा चियापान, को आए को आएनन्? फाेटाेफिचर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास वालुवाटारमा चियापानको आयोजना गरेका छन्। पार्टीभित्र भएको मतभेदलाई गुलियो चियासँगै पचाउने कोशिस गरे। तर, आफ्ना समूहका बाहेकको उपस्थिति रहेन।
वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समर्थित कोही पनि कार्यकर्ता प्रधानमन्त्री तथा पार्टी अध्यक्षले गरेको चियापान कार्यक्रममा गएनन्। बरु त्यसको ठिक उल्टो सानेपा पुगे र पत्रकार सम्मेलन गर्दै चैत ४ र ५ गते काठमाडौंमा कार्यकर्ता भेला गर्ने जानकारी गराए।

चियापान समारोहमा उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफ्नो भनाइ सुरु गरे। प्रधानमन्त्री ओली भन्दै थिए, ‘पार्टी २०७५ जेठ ३ गतेको अवस्थामा फर्किइसकेपछि पनि फेरि गुटको बैठक, राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने र एउटै पार्टीमा बसेर अराजकता मच्याएर अचाक्ली गर्ने काम भयाे, पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, भाँडभैलो मच्याउने कुरा अब स्वीकार्य हुन सक्दैन। अब अनुशासनहीनता भयो भने पार्टीको विधान छ, देशको कानुन छ, संसद नियमावली छ, त्यसतर्फ सोच्न आग्रह गर्छु।’
पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको ठाउँमा नआउने अनि कसले बोलाएको ठाउँमा जानुहुन्छ ? भन्दै प्रश्न गरेका प्रधानमन्त्रीले उत्तर पनि आफै दिए, ‘त्यो सबैलाई थाहा छ।’









No ads found for this position


Facebook Comment