राजकुमार फिलिप एक महिनापछि अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
३ चैत २०७७ १८:०३
152
Shares

बीबीसी । ब्रिटिश राजकुमार फिलिप अस्पतालका स्वास्थ्यकर्मीको हेरचाहबाट एक महिनापछि मुक्त भएका छन्। बिसन्चो भएपछि महारानीका ९९ वर्षीय पति राजकुमार फिलिप फेब्रुअरी १६ मा किङ एडवर्ड अस्पतालमा भर्ना भएका थिए।

त्यहाँबाट उनलाई अर्को अस्पतालमा सारिएको थियो जहाँ उनको मुटुको उपचार गरिएको थियो। यसपालि अस्पतालमा बसेको २८ रात उनको जीवनकै सबैभन्दा लामो अस्पताल बसाइ हो।

उनी किन भर्ना गरिए भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर राजदरबारले त्यो कोरोनाभाइरससँग सम्बन्धित नरहेको बताएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *