पार्टीमा गुटबन्दी सुरु गर्ने केपी ओली : वरिष्ठ नेता खनाल
फाइल तस्वीर
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले गटबन्दी सुरु गरेको बताएका छन्।
बुधबार सुरु भएको एमाले माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै वरिष्ठ नेता खनालले ओलीले मदन भण्डारी फाउन्डेशनको नाममा पार्टीभित्र गुटबन्दी गरेको आरोप लगाएका हुन्।
ओलीले पार्टीभित्र मनपरी गर्दै गएको उल्लेख गर्दै नेता खनालले ओलीको चर्को आलोचना गरे। नेपाल समूहले आह्वान गरेको राष्ट्रिय कार्यकर्ता भेला दुई दिनसम्म चल्ने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment