सुरक्षित रहेको भन्दै कोभिड खोप लगाउन ट्रम्पको आग्रह
बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई कोभिड खोप लिन आग्रह गरेका छन्। एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले खोप सुरक्षित र काम गर्ने रहेको बताएका छन्।
ट्रम्पको समर्थक समूह कोभिड खोप नलगाउने ठूलो समूहमा पर्छ। आफ्नो राष्ट्रपतीय कार्यकालमा कोभिड महामारीलाई बेवास्ता गरेको भन्दै ट्रम्पको आलोचना हुने गरेको छ।
अमेरिकामा खोप कार्यक्रम सुरु भएपछि अरू सबै पूर्वराष्ट्रपतिले खोप लिन आग्रह गर्दै बोलेका थिए तर ट्रम्प यसअघि चुप थिए। ज्यानुअरीमै ट्रम्प र उनकी श्रीमती मेलाइनालाई ह्वाइट हाउसभित्रै खोप दिइएको थियो।
“यो सिफारिस गर्छु,” फक्स न्यूजलाई मङ्गलवार दिएको अन्तर्वार्तामा ट्रम्पले भने। “यो राम्रो खोप छ, यो सुरक्षित खोप छ र यो काम गर्ने खालको छ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment