‘छातीमा कोर्दा यस्तो तिम्रो नाम’

डिसी नेपाल
७ चैत २०७७ १०:११

उत्तर तिर चीनको पर्खाल दक्षिणमा फाँट छ।
यो मेरो देश जगतको सुन्दर हो भन्ने ऑट छ ।।

पूर्वमा घाम उदाउने देशको मेचीमा सिमा छ!
कालीको तिरमा गण्डकी भिरमा दुखेको मन छ !!

हिमका शैल क्षितिजसम्म बैँशमा हाँस्दछन !
चन्द्रले पनि यही पल देखि मोहनी गाँस्दछन् !!

हामीलाई हाम्रो देशको मायाँ आमा झैँ लाग्दछ !
सिमामा पुगी पहरा देऊ
भनि मुटुले नै भन्दछ।।

गौरव शाली इतिहाँस मेरो
छ है जन्म भूमिको।
यो देशकालागि जीवन दिने ति वीर सपुतको ।।

नजर भरी यो देशलाई हेरी जगत आई डुल्दछन्।
विश्वमा किर्ती राख्नलाई शेर्पा हिमाल चढ्दछन् !

इतिहास हाम्रो वीरको कथा पत्थरमा लेख्दछौँ
सहिदले रगत पोखेको भूमि गौरवले भन्दछौँ ।।

ईश्वर पनि कैलाश मुनि ॐकार गाउॅदछन ।
बाँसुरी घुन श्यामले राधा लिई बजाउॅदछन्

कर्णाली ,काली देशमा जलको भण्डार भरेर ।
नेपाली सारा एक जुट बन्दै पौरख गरेर ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *