गजल

डिसी नेपाल
७ चैत २०७७ ११:४१

आफ्नै शरीरसँग पनि आफ्नै मर्जी चल्न सकेको छैन।
शरीर जल्दैछ तर, माया गर्ने आत्मा जल्न सकेको छैन।।

म तिम्रो आदत रहेछु मौसम सँगै बदलिए आदत तिम्रा ।
तर तिमीलाई माया गर्ने यो आदत बदल्न सकेको छैन।।

मुस्कान देखाएर हिँड्छु दुःखको पहाड आँखामा राखेर ।
तिमी मिठो सपना हौ भनी मनलाई छल्न सकेको छैन ।।

चिता छेउ बसेर रोएकी श्रीमतीलाई भन्दो हो सक्ने भए ।
हाँसेर बिदा गर प्रिय त्यो आँशुले शरीर बल्न सकेको छैन ।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *