पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह?

डिसी नेपाल
९ चैत २०७७ ७:१२
212
Shares

काठमाडाैं। एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने? लत्रिने?’

अलमलपूर्ण अवधारणा पत्र र नेताहरुको त्यस्तै भाषण सुनेपछि यादवझैँ धेरै प्रतिनिधिले यो प्रश्न झलनाथ खनाल माधवकुमार नेपालसहितका नेतृत्वसमक्ष सोझ्याएका थिए। उनीहरुले ठ्याक्कै जवाफ पाउन सकेनन्।

उपमहासचिव घनश्याम भुसालले अन्तिमतिर ओली प्रवृत्तिविरुद्ध एमालेभित्रै संघर्ष गर्ने र तल्लाे तहसम्म पार्टी कमिटी गठन–पुनर्गठन गर्दै जाने नै अबको कार्यक्रम हो भनेपछि भेलामा सहभागी सबैले ताली बजाएर अनुमोदन गरेका थिए।

तर बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षको अपेक्षा विपरीत पार्टीको महत्त्वपूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पँदै नेपाल र भुसालसहितका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो। भलै स्पष्टीकरण सोधिएको पत्र यी नेताले आइतबारसम्म पाएका छैनन्।
शनिबारको बैठकले गरेका निर्णयले नेपाल समूह र त्यसको नेतृत्वकर्ता नेपाललाई पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा पुर्याइदिएको छ । यतिबेला नेपालसामु आत्मसमर्पण या विद्रोहमध्ये एउटा बाटामा हिँड्नुपर्ने परिस्थिति आएको छ । यी दुवै विकल्प नेपालका लागि प्रिय छैनन्।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *