टीकारपुरमा नाली खन्दा बम भेटियो

डिसी नेपाल
९ चैत २०७७ ९:३८

टीकापुर। कैलालीको टीकापुर नगरपालिका-१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको छ। बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो।

त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ।

सोमबार बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *