टीकारपुरमा नाली खन्दा बम भेटियो
फाइल फाेटाे।
टीकापुर। कैलालीको टीकापुर नगरपालिका-१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको छ। बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो।
त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ।
सोमबार बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment