बंगलादेश भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटोफिचर) – Dcnepal

बंगलादेश भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् । मङ्गलबार स्वदेश फर्कने क्रममा राष्ट्रपतिलाई स्वागत गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रिगण, संवैधानिक अंगका प्रमुखलगायत सहभागी भएको थियो ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।

 

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

तस्वीरहरुः रासस र मन्दीरा राउत

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो