स्पष्टीकरण माग्नेकै हैसियतमाथि प्रश्न उठाउँदै एमालेका चार नेताले जवाफ पठाउने
काठमाडाै। पार्टी अनुशासन उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णयगरेको थियो । त्यसैका आधारमा तीन दिनअघि चारै जनालाई महासचिव ईश्वर पोखरेल ले स्पष्टीकरण पत्र पठाएका थिए ।
केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको थियो ।
त्यसपछि चार जना नेतालाई महाधिवेशन आयोजक कमिटीका सदस्यको रूपमा सम्बोधन गर्दै स्पष्टीकरण पत्र पठाइएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment