संसदीय दलको नेता बिहीन जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच आकांक्षा बढ्दा संसदीय दलको नेता चयन हुन सकेको छैन। नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले संसदीय दलको नेताका लागि आकांक्षा व्यक्त गरेका हुन्।
पार्टीभित्र सहमति नभएपछि नेता चयन हुन सकेको छैन। तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर बनेको जसपाको १ वर्ष हुँदा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन।
तत्कालीन समाजवादी पार्टीका तर्फबाट संसदीय दलको नेता उपेन्द्र यादव र प्रमुख सचेतक उमाशंकर अरगरैया छन् । तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलको नेता महन्थ ठाकुर र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण छन् ।
एउटै संसदीय दल बनाउन जसपाका शीर्ष नेता केही दिनदेखि गृहकार्यमा रहेपनि एकीकरण भए पनि अलगअलग प्रमुख सचेतक छन्। सिंहदरवारभित्र दलका अलगअलग कार्यालय छन्। आजकाे नागरिकमा खबर छ।







डिसी नेपाल







Facebook Comment