कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
काठमाडाैं । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ।
नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो। स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो। विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment