जाेशीकाे पार्थिव शरीर पार्टी कार्यालयमा, विभिन्न पार्टीका नेताहरूद्वारा अन्तिम श्रद्धाञ्जली

डिसी नेपाल
१४ चैत २०७७ १३:४२
124
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यलयमा राखिएको छ। उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताले श्रद्धाञ्जली दिएका छन्।

यसैगरी पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेता रघुजी पन्त, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेता नारायणकाजी श्रेष्ठ, गायिका तथा राष्ट्रियसभा सांसद कोमल ओलीले पनि जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्।

पूर्वमन्त्रीसमेत रहेका जोशीको शुक्रबार ५७ वर्षको उमेरमा निधन भएको हो। फागुन १४ देखि नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार अस्पतालमै निधन भएको हो। फागुन १३ गते राति ब्रेनह्यामरेज भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नेता जोशीको नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका थिए। २०४९ का काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका जोशी संविधानसभाका दुवै चुनावमा काठमाडौं ८ बाट निर्वाचित भएका थिए। उनी माओवादी–कांग्रेसको गठबन्धन सरकारमा उद्योगमन्त्री बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *