बैतडी र दार्चुलाको सञ्चार सेवा पुनः सञ्चालन

डिसी नेपाल
१४ चैत २०७७ १७:५३

बैतडी । अप्टिकल फाइबरको तार काटिँदा चारदिनदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ ।

बैतडीको खोड्पे र पाटनको बीचमा अप्टिकल फाइबर काटिँदा गत सोमबारदेखि सञ्चार सेवा अवरुद्ध भएको थियो । अप्टिकल फाइबर मर्मतको काम सकिएसँगै मोबाइल तथा साधारण फोन सेवा र इन्टरनेट पुनः सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *