निलम्वनपछि भीम रावलको प्रतिक्रियाः ओलीको निर्णय अश्वीकार गर्दछु

डिसी नेपाल
१६ चैत २०७७ १९:४२
308
Shares

काठमाडौं । नेकपा एमाले सदस्यबाट ६ महिनाका लागि निलम्वनमा परेका नेता भीम रावलले आफू र माधव नेपालमाथिको कारवाहीलाई भत्र्सना गर्दै अश्वीकार गर्ने बताएका छन् ।

रावलले सोमबार साँझ वक्तव्य जारी गर्दै भनेका छन्, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचत केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्ण रुपमा अश्वीकार गर्दछु ।’

उनले देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको दावेदारी भन्दै ओलीले पार्टीको नवौं महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्यगरेको दावी गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *