बागमती प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता
फाइल
काठमाडौं। बाग्मती सरकार विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेका सांसदहरुले फिर्ता लिएका हुन्।
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन्।
तत्कालीन नेकपाभित्रको आन्तरिक कहल उत्कर्षमा पुगेका बेला माओवादी केन्द्र र माधव नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment