पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै
पूर्व राजा ज्ञानेन्द्र शाह। फाइल फाेटाे।
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन्। उनी श्रीमती कोमलसहित भारत भ्रमणमा जान लागेको पूर्व राजाका प्रेस सचिव फणिराज पाठकले जानकारी दिए।
उनका अनुसार पूर्वराजा शाह भारतको हरिद्वारमा जारी महाकुम्भ मेलाका अवसरमा हरिद्वार जान लागेका हुन्।
महाकुम्भ मेला आयोजकले निमन्त्रण गरेअनुसार यही चैत २६ गते उनी त्यसतर्फ जान लागेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment