एमालेका तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री शाहीकाे पद धरापमा

डिसी नेपाल
२४ चैत २०७७ १२:५४
524
Shares

काठमाडौं। कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेका तीन जना मन्त्रीले पदबाट राजीनामा दिँदै छन्। उनीहरुले अहिले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन्।

कर्णाली प्रदेश सरकारमा एमालेकातर्फबाट अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योगमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन्। चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता दिएको थियो।

एमाले मन्त्रीहरुले राजीनामा दिएसँगै कणाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेका छ। अब मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत दिनुपर्ने हुन्छ।

अब कर्णाली प्रदेशसभाको ४० मध्ये २० सिट जितेको नेकपा एमाले एक ढिक्का भएसँगै नयाँ सरकार गठनका लागि दाबी गर्ने अवस्थामा पुगेको छ। कर्णाली प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ।

प्रदेशसभाको ४० मध्ये २० सांसद एमालेका छन्। सभामुख राजबहादुर शाही बाहेक १९ जनामा ओली पक्षमा १० र नेपाल पक्षमा ९ जना बाँडिएका थिए। सभामुखले निर्णायक हुने अवस्थामा बाहेक मतदान गर्न नपाउने भएकाले संसदीय समीकरणमा एमालेका १९ जना सांसद छन्।

यसका अलावा माओवादी केन्द्रबाट एमालेमा सांसद धर्मराज रेग्मी पनि एमालेमा आइसकेका छन्। रेग्मीलाई माओवादी केन्द्रले कारबाही गरेको खण्डमा एमालेको एक्लै सरकार बन्ने बाटो खुल्नेछ। अन्यथा एमालेले राप्रपालाई साथमा लिएर सरकार बनाउने विकल्प छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *