डढेलो नियन्त्रणका लागि हेलिकोप्टर प्रयोगबारे गृहकार्य गर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
२४ चैत २०७७ १७:०७
116
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले डढेलो नियन्त्रणका लासग हवाईजहाज र हेलीकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले ठूलो मात्रामा र विकट जंगलमा डढेलो लागेको भन्दै त्यो नियन्त्रण गर्न दमकल र जनशक्ति पर्याप्त नहुने बताए।

‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुृउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्रीको भनाइ थियो। यसका साथै हाल देशमा भएकै हवाइजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सो का लागि समेत कार्य प्रारम्भ गर्न पनि उनले निर्देशन दिए। यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि प्रधानमन्त्रीको थियो।

अहिलको आगलागीलाई गम्भिरता पूर्वक लिँदै आगामी वर्षहरुका लागि समेत तयारी गरिनुपर्ने बताए। अहिले देशभित्र ७ सय ठाउँमा आगलागी भएको भन्दै उनले यो स्वाभाविक नदेखिने समेत बताए। ‘पहिले पनि सुख्खा मौसममा डढेलो लाग्थ्यो, यस्तो हुन्थ्यो र ?’, प्रधानमन्त्रीको प्रश्न थियो।

आगलागीको परिणाम स्वरुप उत्पन्न वायु प्रदुषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले केही दिन यता आफूले समेत असहज महशुस गरेको बताए। ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’, प्रधानमन्त्रीले भने।

रक्षा मन्त्रालय अन्तर्गत सञ्चालित विकास आयोजनाहरुमा सामान्यबाहेकका कुनै उल्लेखनीय समस्य नदेखिनु सुखद पक्ष रहेको बताउँदै रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री ओलीले नेपाली सेनाले अब आफ्ना लागि चाहिने पोशाक, विस्कुट खाद्य पदार्थ आफै उत्पादन गर्ने अग्रसरता लिनु सह्रानीय भएको धारणा समेत राखे।

आफै उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा प्रयोग हुने पोशाक र विद्यालयका पोशाक समेतमा आयातित कपडाको साटो प्रयोग गर्न सकिने स्थिति बन्ने धारणा उनको थियो। तर त्यसरी तयार हुने पोशाक सित्तै होइन, परल मूल्य लिएर गुणस्तरसमेत सुनिश्चित गराएर उपलब्ध हुनेपर्ने उनले बताए।

कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त विकास निर्माणसम्बन्धी जिम्मेवारी लक्ष्य अनुरुप नै पुरा हुने दिशामा अघि बढीरहेको बताए। साथै वीरन्द्र सैनिक अस्पताललाई ठूला जनधनको क्षतिका बेला काम गर्न सक्ने स्तरमा पुर्याउने, बंकरहरुलाई व्यारेकमा स्थानान्तरण गर्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनालगायतका विषयमा कार्यहरु अघि बढीरहेको भनाइ थियो।

कार्यक्रममा चौमासिक प्रगति विवरण पेश गर्दै रक्षा सचिव रेश्मिराज पाण्डेले केही सामान्य चुनौतिका बाबजुद लक्ष्य अनुरुप नै प्रगतिभएको उल्लेख गरे
का थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *