केयूमा कोरोना प्रभाव : अनलाइन कक्षा सञ्चालन

डिसी नेपाल
२६ चैत २०७७ ११:२८

काठमाडौँ। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी कोभिड–१९ पहिलो चरण केहीहदसम्म रोकिए सँगै नेपाल पनि सामान्य अवस्थामा फर्किएको छ। तर छिमेकी मुलुक भारत लगायत ब्राजिल,अमेरीकामा दोस्रो चरणको कोभिड संक्रमणको दर उच्च भएसँगै नेपालमा पनि जोखिम बढेको छ।

मंगलबार काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरुमा कोरोना पुष्टि भएसँगै विश्वविद्यालयले बिहीबारदेखि वैशाख मसान्तसम्म लागू हुने गरी सबै सेमेस्टरको पठनपाठन अनलाइनमार्फत सुरु गरेको छ।

विश्वबिद्यालयका कम्यूनिकेसन अफिसर निर्मला खड्काका अनुसार स्नातक तेस्रोे वर्ष फार्मेसीका ४ विद्यार्थीसहित अन्य संकायका ३ विद्यार्थीहरुलाई संक्रमण भएसँगै विश्वविद्यालयले अनलाइन कक्षा सुरु गर्ने निर्णय गरेको हो।

जोन हप्किंन्स विश्वविद्यालय कोभिड १९ को ट्रयाकरको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै भारतमा एक लाख २६ हजार,ब्राजिलमा ९० हजार, अमेरीकामा ७५ हजार र टर्कीमा ५४ हजार संक्रमित देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *