गजल

डिसी नेपाल
२८ चैत २०७७ ८:२०

निदाउन नदिएर यादले, रातभर बिउझाउँछन् भनेर ।
कसरी पठाउँ सन्देश, तिम्रा यादले सताउँछन् भनेर ।

तिम्रो तस्वीर अंगालो हालेर, सधैलाई निदाउँ सोच्छु ।
फेरी सोच्छु निदाउँदा, सपनाहरुले नै तर्साउँछन् भनेर।

हाम्रा सपनाले थिचेर बा’का, कुर्कुच्चाले चप्पल भेटेनन् ।
उनले सोचेर टारी दिए, काँडाहरुले जिस्काउँछन् भनेर ।

मलाई ठूलो तलाउमा धकेली, उनैले ताली पिटी रहेछन्।
आमाले जसको साथ पठा’थिन, अप्ठेरोमा सघाउँछन् भनेर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *