नेपाल सुपर लिगको पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

डिसी नेपाल
३१ चैत २०७७ ११:०३

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको खेल तालिका सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेलमा वैशाख ११ गते काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब भिड्ने भएका छन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार साझ ५.३० मा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एपीवान एचडीबाट हुनेछ । लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

राउन्ड रोबिनको आधारमा हुने खेलमा लिग चरणको अन्त्यमा इलिमिनेटर पनि राखिएको छ । त्यस अनुसार सुरुमा शीर्ष दुई स्थानमा रहने टिमबीच खेल हुनेछ । लगतै तेस्रो र चौथो स्थानबीच खेल हुनेछ । त्यसमा विजयी टिमले शीर्ष दुई टिमबीचको खेलमा पराजितको सामना गर्नेछ । प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीको सहभागिता रहेको छ ।

यस्तो छ खेल तालिका :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *