संसारकै सबैभन्दा ठूलो खरायो घरबाटै चोरी भयो, फेला पार्नेलाई डेढ लाख रुपैयाँ पुरस्कार

डिसी नेपाल
१ वैशाख २०७८ ११:४८

काठमाडौं। संसारको सबैभन्दा ठूलो खरायो आफ्नो मालिकको घरबाट चोरिएको छ । यो खरायोलाई गिनिज वर्ल्ड रेकर्डमा विश्वकै सबैभन्दा ठूलो खरायोको उपाधि प्रदान गरिएको छ । चोरीको उजुरी पाएपछि प्रहरी खरायोको खोजीमा छन्। अर्कोतर्फ, खरायोकी मालिक्नीले खरायो फेला पार्ने व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेकी छिन् ।

वेस्ट मर्सिया पुलिसका अनुसार १२९ सेन्टिमिटर लामो विशाल खरायो चोरिएको हो। यो संसारकै सबैभन्दा ठूलो खरायो हो र यसलाई डारियस भनिन्छ। यसलाई शनिबार राती केही चोरहरूले चोरेका थिए। खरायोलाई सन् २०१० मा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै सबैभन्दा ठूलो खरायोको उपाधि प्रदान गरिएको थियो । खरायोकी मालिक एनेट एडवर्ड्सले चोरको जानकारी दिने र उसलाई फिर्ता ल्याउनेलाई एक हजार पाउण्ड (१ लाख ६६ हजार रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

खरायो चोरी भएको दिन आफ्नो जीवनकै दुखद दिन भएको उनले बताएकी छिन् । एडवर्डसले ट्वीटरमा मानिसहरुसँग आग्रह गर्दै लेखेकी छिन् ‘जसले पनि डारियललाई लिनुभएको छ कृपया फिर्ता दिनुहोस् । प्रजननको लागि अब ऊ धेरै बुढो भइसकेको छ ।’ वेस्ट मार्सिया पुलिसले खरायो चोरी भएको पुष्टि गरेको छ । खरायो शनिबार १० र ११ अप्रिलबीचको रातमा चोरी भएको थियो । त्यतिबेला खरायो आफ्नो मालिकको बगैंचामा रहेको आफ्नो खोरमा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *