भ्यागुताको धार्नी (व्यंग्य)

डिसी नेपाल
४ वैशाख २०७८ ७:०६

यो राजीनामा भन्ने शब्दपनि अचम्मको रहेछ दिनेलाई भन्दा अर्काको राजीनामामा आनन्द लिनेलार्ई हतार छटपटी र आतुरी हुने। आफूले त्यही दिन पर्यो भने रोइकराइ गरेर पन्छिने र अर्कोको चाहिँ चाँडो आओस् भनेर दश दिशातिर पुगेर मन्छिने।

अहिलेपनि एउटा राजीनामा माग्ने र एउटा राजीनामाा माग्यो भनेर जाग्ने अनि नैतिकताको आधारमा राजीनामाा दिनै पर्नेमा नदिएर भाग्ने काम राम्रो होइन भनेर नैतिकताको पाठ सिकाउनेमा प्रशस्त नैतिकता भएको कुरा उनि स्वयम् बाहेक अरु कसैलाई पनि थाहा नभएको भन्ने सुनेर सुन्नेहरु नै छक्क परेछन्।

राजीनामाा पनि किन मागेको रे भन्दा त्यो कुर्सीमा मलाई बस्न मन लाग्यो त्यही भएर तिमिले छोड्नै पर्छ अरु कुनै कुराको मतलबै छैन रे। अहिलेका सरकार प्रधानले माग्नेलाई खुसी बनाउन र बिरोध गर्ने जति सबैको चित्त बुझाएर मनाउन राजीनामाा त दिनै पर्ने हो।

सरकार चलाउने अभिभारा बोकेको मान्छेले सबैलाई खुसी र सुखी राख्न पर्नेमा आफ्नै सहयात्री सहकर्मी र केही समय अगाडिसम्म एउटै पार्टीमा एउटै हैसियतमा बसेर पनि आफैंलाई भित्रभित्र छुरा धसेर हिँड्ने आफू सरहकै ब्यक्तिलाई पनि खुसी राख्न नसकेकोमा सबैजना जिल्ल परेका छन्। सरकार प्रधानले उखान टुक्का, चुट्किला,दन्त्यकथा,बिभिन्न खाले कथा कहानी, गफ आदि सुनाएर सबैलाई खुसी र सुखी पारेका अनि यही क्षमताले बाजी मारेका र आफ्नो रिस गर्ने जति सबैको शेखी झारेका सरकार प्रधानले पार्र्टी एकतामा भेट भएपछि ककपिटमा सँगै बसेर जेट उडाउने भन्दै सहकर्मीलाई खुसी पार्न ककपिटतिर अगाडि बढ्दा दुबैसँग लाइसेन्स नै नभएको थाहा भयो।

लाइसेन्स नभएका दुबैले आफूलाई बरिष्ठ क्याप्टेन घोषित गरेर केही समय त शोषित पीडित जनतालाई मनोरन्जन गराएकै हुन्। जब यिनीहरु दुबैको लाइसेन्स नक्कली भएको पुष्टि भयो तब दुबैजना घनघोर गफाडी भएको र अहिलेसम्म जनता हावाकै भरमा यिनिहरुको पछाडि गएको प्रष्ट भयो।

दुई अध्यक्षहरु बिचमा जेसुकै सहमती भएको भएपनि एउटाले सरकार चलाउने र अर्कोले सरकार ढलाउने अभ्यास निकै लामो समयसम्म गरे अनि जेट उडाउनेमात्रै होइन यिनीहरुका सबै लाइसेन्स नक्कली भएको थाहा पाएर छक्क परे। यिनीहरुसित पार्टी हाँक्ने,देश हाँक्ने,सरकार हँक्ने,जनता हँक्ने,जेट हाँक्नेदेखि लिएर यो संसारमा भएका सबैथोक हाँक्ने लाइसेन्स छ भनेर भोट हाल्ने जनताले यिनीहरुसित रिक्सा, अटोरिक्सा जस्ता साधनहरु हाँक्नेसम्मको लाइसेन्स र औकातसमेत नभएको कुरा यसैपाली थाहा पाए।

जिउमा अरुका प्वाँख सिउरिएर राम्रो देखिएको कौवाको जिउबाट प्वाँख खसेपछि जुन अबस्था भयो यिनीहरुको वर्तमान अबस्था पनि त्यही नै हो। अलिअलि बाँकी रहेका प्वाँख अड्याउने र यसैलाई देखाएर फेरि नाक ठड्याउने प्रयास भइरहेको मात्रै हो।

पार्टीको नाम मिल्यो र ठूलोले सानोलाई निल्यो भनेर मुद्दा हाल्ने झगडियाको मुख टाल्ने अदालतको फैसलाले झगडियाले मागेभन्दा बढी न्याय दिएर पार्टी टुक्र्याइ दिने काम भएपछि केही समय अघिसम्म स्वार्थको डोरीले जोडेर गाँसिएको पिरतीलाई तोडेर एकअर्कालाई भन्नु नभन्नु गाली गर्दै हिँडेको देख्दा संसारले अचम्म मानेको र अहिले आएर यि नेताहरुको स्तर सबैले जानेको छ।

यिनीहरुको सबैखाले लाइसेन्स नक्कली देखिएको र बिदेशीबाट लेखिएको हुनाले यहाँको जमिन,हावापानी र जनतामा यो लाइसेन्स फिट हुन नसकोले केही समयलाई हिट भएजस्तो लागेपनि यिनीहरु सबै उच्चस्तरको चिट भएको प्रमाणित भइसक्यो। अब पुरानै हैसियतमा पुग्न जति छटपटाएपनि र झुटको खेती सपार्न जति भट्भटाएपनि जनताले राम्ररी चिनिसकेका हुनाले लाज पचाउने र अलिअलि बाँकी भएको इज्जत बचाउने मौका छँदैमा केही गर्न सके भने केहि होला नत्र यसै भन्न सकिन्न।

दिनदिनै राजीनामाा माग्ने,आजै कुर्सी छोड् भोलि कुर्सी छोड् भनेर जाग्ने तर त्यही सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने कामबाट भने दश कोश पर भाग्ने हाइब्रिड राजनीति बुझ्न सक्ने दिमाग भएका मानिसहरु नभएका हुन् कि यस्तो गर्ने आफैले नबुझेको हो कसैले पत्तो पाउन सकेका छैनन्।

यस्तो अपूर्ब र अद्भुत घटना अहिलेसम्म संसारको अरु कुनै ठाउँमा भएको बारे देखिएको सुनिएको र जानिएको नहुनाले यसलाई पनि संसारकैे एउटा आश्चर्यको रुपमा लिनुपर्छ र त्यही स्तरको महत्व दिनुपर्छ भन्ने जनताको राय छ। सरकार प्रधान बाहेक अरु सबै मिलेर अविश्वासको प्रस्ताव ल्याउने र उनको कुर्सी भ्याउने संबैधानिक अधिकार प्रयोग गरिने भनेको पनि कता गयो थाहा भएन।

अदालतको फैसलाले बिघटित संसद पुनस्र्थापित हुनासाथ राजीनामाा नदिए गलहत्याएर निकालिन्छ भनेर कुर्लिने वरिष्ठ माननीयहरु पनि कता हराए कि फेरि जागिर जाला भनेर डराए केही थाहा भएन। सरकारमा रहेका आफ्ना नेताहरुलाई कारवाही गरेर पार्र्टीबाट निश्कासित गर्दा समेत टेरपुच्छर नलगाएको र यस्तो कारवाहीले पार्टीप्रति  बफादार हुन अरुलाईसमेत नजगाएको हुनाले दिनखान नसक्ने भएपछि आफन्तले पनि छोड्दै जान्छन् र त्यस्ता अवसरवादीलाई हुनेखानेले तान्छन् भनेको सहि नै रहेछ भन्ने प्रमाणित भएको छ ।

अहिले बाटो हराएको बटुवाले जस्तो गन्तब्य भुलेर चौबाटोमा उभिएर अरुलाई यो गर्छु र उ गर्छु भन्दै पत्याउन मुश्किल पर्ने खालका मन्तब्य दिँदै हिँडेको देख्दा सुन्नेहरुपनि हाँस्न थालिसकेका छन्। स्वघोषित महान पार्टीका महान नेताबाट जनताको लागि यतिसम्म महान खालको हाँस्य कार्यक्रम प्रस्तुत हुनुलाई सबैले महान कार्यको रुपमा लिइदिन पर्छ।

प्रमुख प्रतिपक्षी दलमा पनि सरकारमा जाने र नजाने बारे बहस र छलफल भएको निकै भइसक्यो। महान नेताले प्रमुख प्रतिपक्षी दलका नेतालाई सरकार प्रधानको जागिर खाइदिन पर्यो भनेर घरैमा पुगेर धेरै पटक अनुरोध गर्दापनि मानेका छैनन् र सरकार प्रधानको जागिरलाई महत्वपूर्ण ठानेका पनि छैनन्। यसरी त घटीमा सातपल्ट सरकार प्रधान हुने भन्ने ज्योतिषीको भनाइ कसरी मिल्ला भनेर उनका नजिकका आसेपासेले उचालेर पनि केही हुन सकेको छैन।

उनी सरकार प्रधान भएदेखि अहिलेका अरिँगालहरुले खाइपाइ आएको दानापानी आफ्नो पेटमा पर्ने र अपत्यारिलो ठाउँबाट समेत माल झर्ने उनिहरुको ठहर छ। अहिले सरकारमा नगएर आफूलाई त्यस्तो कुनै लोभ र स्वार्थ नभएको सन्देश दिने अनि चुनावमा यसको ब्याज सहित असुल उपर गरेर लिने दाउ खोजेको हुनाले अहिले सरकारमा नजाने बाटो रोजेको भन्ने सबैको बुझाइ छ।

बिगतमा महान नेताले महान धोका दिएको हुनाले अहिले पनि के हो के हो भन्ने डरले पनि उनको भर पर्न नसके जस्तो छ। नत्र बिगतमा सरकार प्रधानको कुर्सी जोगाउन उनले गरेका सुरा, सुन्दरी, प्राडो, पजेरो, खसी बोका जसरी सांसदको किनबेच र सांसदहरुलाई अपहरण गरेर राजशी ठाँटसित होटलको बसाइ आदिको आविस्कारक र सुरुवातकर्ताले सरकार प्रधानको कुर्सीलाई लात हानेको र तुच्छ ठानेको आश्चर्यजनक घटनापनि जनताले यसपाली देख्न पाए।

दिनदिनै राजीनामाा माग्ने,आजै कुर्सी छोड् भोलि कुर्सी छोड् भनेर जाग्ने तर त्यही सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने कामबाट भने दश कोश पर भाग्ने हाइब्रिड राजनीति बुझ्न सक्ने दिमाग भएका मानिसहरु नभएका हुन् कि यस्तो गर्ने आफैले नबुझेको हो कसैले पत्तो पाउन सकेका छैनन्। यस्तो अपूर्ब र अद्भुत घटना अहिलेसम्म संसारको अरु कुनै ठाउँमा भएको बारे देखिएको सुनिएको र जानिएको नहुनाले यसलाई पनि संसारकैे एउटा आश्चर्यको रुपमा लिनुपर्छ र त्यही स्तरको महत्व दिनुपर्छ भन्ने जनताको राय छ।

जनताले यसलाई मुटुमाथि ढुँगा राखी हाँस्नु पर्या छ भनेपनि सरकार प्रधानसित भएको भित्री साँठगाँठ र उनले र उनका आफन्तहरुले खाइपाइ आएका बिभिन्न सुबिधाहरुपनि कारण हुन सक्छन् भनेर अड्कल गर्ने मुर्खहरुलाई त के नै भन्न सकिन्छ र? यिनका पार्र्टी भित्रैका बिपक्षले रिस डाह गरेको बिषयपनि यही हो भन्नेहरुपनि नभएका होइनन् तर जनताले यस्ता बकबासहरुलाई पत्याएका छैनन्।

अर्को स्वार्थ अनुसार बिभिन्न पार्टी चहार्दै र सधैंभरी दक्षिणको दूतावासलाई गुहार्दै हिँड्ने संसदको चौथो ठूलो पार्र्टीका नेतालाई पनि महान नेताले सरकार प्रधान भइदिनको लागि अनुरोध गरेको सुनिएको छ। त्यस पार्टी मा भएका सबै नेताहरु एउटै दर्जा र स्तरका छन्। त्यहाँ त तपाइँ अध्यक्ष भनेर तोकेपनि र अध्यक्षले जस्तोसुकै आदेश ठोकेपनि वा जनताको लागि यसो गर्न पर्छ भनेर रोकेपनि कसैले कसैको कुरा सुन्ने चलन नभएको हो कि जस्तो देखिन्छ। सरकार प्रधानकोतर्फबाट पनि र स्वघोषित महान नेताको तर्फबाट पनि आफूतिर आउन र मागे अनुसारको फाइदा पाउन तानातान भएर कता जाने भन्ने निर्णय गर्न नसकेर यिनीहरु अहिले समस्यामा परेका छन्।

आफू मध्ये कोही सरकारमा जाला र लुकाएर ठूलो भाग खाला भनेर यिनीहरुले ठूलै खुराकी ख्वाएर आफू आफूमै सुराकी राखेका छन् रे भन्ने सुनिन्छ। सरकारमा जानको लागि यिनीहरुले राखेका शर्तहरु जनताका लागि अति लाभदायक छन्। हत्या लगायतका बिभिन्न जघन्य अपराधमा अदालतबाट जन्मकैददेखि लिएर अन्य सजायँ पाएका आफ्ना नेता कार्यकर्ताहरुलाई आममाफीसहित रिहा गर्न पर्ने यिनीहरुको पहिलो र महत्वपूर्ण माग अनि अरु चाहिँ आफूहरुलाई ठूलो भाग चाहिने शर्तहरु छन् रे भन्ने सुनिएको छ।

यसमा भएका सबै नेताहरुको पृष्ठभूमि हेर्दा जनताले यिनीहरुका मागलाई ज्यादै जायज र सही मानेका अनि यिनिहरुले सधैं माग्ने यही हो भनेर जानेका छन्। जनताको नाम लिने र अदालतबाट दोषी ठहर भएर सजायँ पाएकालाई महत्व दिने यिनिहरुको चलन भएकोले जनतालाई यसबाट कुनै जलन भएको छैन। जसको बुद्धि सोच र बिचार जस्तो छ त्यसको काम र ब्यबहारपनि त्यस्तै हुन्छ भन्ने जनतालाई राम्ररी थाहा छ।

ठूला भनिएका र वरिष्ठ नेताहरुमा गनिएकाहरुको पार्र्टीको यस्तो चाला भएको अवस्थामा अरु झिना मसिना पार्र्टीहरु त अस्तित्वमा पनि छन् कि छैनन् जस्तो देखिन्छ। बेलामौकामा च्याँखे थाप्ने र नगद देख्नासाथ खल्तीको साइज नाप्ने काममा ज्यादै पोख्त नेताहरु भएको ठाउँमा जनताको काम गर्नेमा भन्दा आफ्नै कमाइको धन्दाले प्राथमिकता पाउनुलाई जनताले अस्वाभाविक ठानेका छैनन्।

संसद पुनःस्थापना भयो र सरकार प्रधान बाहेक सबैको माग पूरा गर्ने तर्फ अदालत गयो। संबिधानमा ब्यवस्था नै नभएको संसद बिघटन गराउने र आफैले बनाएको सँबिधान लागू गर्न डराउने सरकार प्रधानले यसैमा टेकेर राजीनामाा दिन्छन् र नैतिकता देखाउँदै राजनीतिबाटै सन्यास लिन्छन् भनेर ढुक्क हुँदै मुख मिठ्याएर हिँडेकाहरुलाई सरकार प्रधानले सारै अप्ठ्यारोमा पारिदिए र आआफ्नो औकातमा झारिदिए। घरमा मिलेर बस्न सकिएन भन्दै घरमा झगडा गरेर निस्केको मान्छेले झिटी गुन्टासहित बास माग्न हिँडेजस्तो दृश्य हेर्दा धेरैलाई जनताले दया देखाउन पर्ने अबस्था आएको छ।

बिघटित संसद पुन:स्भथापना भयो भनेर खुसी हुँदै अब के  नै लछार्छौँ र सरकार प्रधानलाई उठ्न नसक्ने गरी पछार्छौँ भन्दै कुर्लिने र ठूलो भाग खान्छौँ भनेर उर्लिने जमात पातलो भएको हो कि हराउँदै गएको हो थाहा पाउन सकिएन। संसद पुनस्थापना भएपनि सांसदहरुको जागिर बचाउने र उनीहरुको मानो पचाउने बाहेकका कुनै काम हुने संकेत देखिन छाडेको छ।

यसो हेर्दा त राणा शासनको जस्तो सरकार प्रधानले आफ्ना आसेपासे भेला गरेर एउटा भारदारी सभा बनाउने र त्यसैलाई प्रतिनिधिसभा जनाउने गरेमा त्यसको काम बरु प्रभावकारी हुन्थ्यो कि? सरकार प्रधानको कार्यशैली पनि श्री ३ को जस्तै छ, राष्ट्र प्रधानको शैली पनि उ बेलाको श्री ५ को जस्तै श्री ३ ले भनेको ठाउँमा सहिछाप र पन्जाछाप हान्ने अनि अरु जे भनेपनि खुरुखुरु मान्ने खालकै छ।

यो हिसाबले त पुनःस्थापना गरिराख्न आवश्यक नै रहेनछ भन्ने प्रष्ट भएजस्तो देखियो। यसो हेर्दा त राणा शासनको जस्तो सरकार प्रधानले आफ्ना आसेपासे भेला गरेर एउटा भारदारी सभा बनाउने र त्यसैलाई प्रतिनिधिसभा जनाउने गरेमा त्यसको काम बरु प्रभावकारी हुन्थ्यो कि? सरकार प्रधानको कार्यशैली पनि श्री ३ को जस्तै छ, राष्ट्र प्रधानको शैली पनि उ बेलाको श्री ५ को जस्तै श्री ३ ले भनेको ठाउँमा सहिछाप र पन्जाछाप हान्ने अनि अरु जे भनेपनि खुरुखुरु मान्ने खालकै छ।

समय बदलियो, परिस्थिती बदलियो, ब्यबस्था बदलियो तर अबस्था उही भएकोले गौरवमय परम्परालाई निरन्तरता दिनु नै बुद्धिमानी हुन्छ होला। पार्टीको नाम मिल्यो र ठूलोले सानोलाई निल्यो भनेर मुद्दा हाल्ने झगडियाको मुख टाल्ने अदालतको फैसलाले झगडियाले मागेभन्दा बढी न्याय दिएर पार्टी टुक्र्याइ दिने काम भएपछि केही समय अघिसम्म स्वार्थको डोरीले जोडेर गाँसिएको पिरतीलाई तोडेर एकअर्कालाई भन्नु नभन्नु गाली गर्दै हिँडेको देख्दा संसारले अचम्म मानेको र अहिले आएर यि नेताहरुको स्तर सबैले जानेको छ।

सरकार प्रधानले आफ्ना सबै काम छोडेर आफ्नै पूर्व प्रेमीहरुलाई पेटको किरासमेत मर्ने र सबै शेखी झर्ने गरी उखान टुक्का र हँस्यौली ठट्यौली सहित खुइल्याएको सुनेर जनता ज्यादै खुसी छन् यसैगरी उनका पूर्व प्रेमीहरुले पनि यही शैली अपनाएर जनसमर्थनको थैली भर्न खोजेका छन्।

यसैबाट सबैलाई खान पुग्छ, लाउन पुग्छ, सबै सुखी सबै खुसी हुन्छन्, देशको बिकास निर्माणपनि यसैबाट हुन्छ, संसारमा देशको इज्जत प्रतिष्ठा पनि यसैबाट बढ्छ र यसैबाट केही समयमै देशले काँचुली फेर्छ आदि आदि भन्नेपनि जनताले सरकारकै कार्यशैली र अरु शिर्ष भनिएका अनि स्वयम्द्वारा ठुलामा गनिएका नेताहरुको अकर्मण्यताबाट जनताको काम जति सबै बिर्सेर आफ्नो स्वार्थपूर्तिको लागि भ्यागुताको धार्नी पुर्याउन खोज्दाखोज्दै जनताले अझ बढी मनोरन्जनको मौका पाउने र हाँस्दाहाँस्दै जनताको आँखाभरी आँशु आउने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *