नेपाल भर्सेस नेदरल्याण्डः नेपाललाई १३७ रनको लक्ष्य

डिसी नेपाल
४ वैशाख २०७८ १४:५३

काठमााडौं। शनिबार काठमाडौंमा शुरु भएको त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले १३७ रनको लक्ष्य पाएको छ। त्रिवि मैदानमा नेपालले टस जितेर नेदरल्याण्डलाई पहिला ब्याटिंगको निम्तो दिएको थियो। नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनायो।

नेदरल्याण्डका ब्याट्सम्यानले स्लो ब्याटिंग गरे पनि अन्तिम दुई ओभरमा २७ रन जोड्दै सम्मानजनक स्कोर बनाए।

त्रिवि मैदानको पिचमा फास्ट बलरलाई सहयोग भइरहेको देखिँदा यो लक्ष्य नेपालका लागि त्यति सहज नहुने देखिएको छ।

नेपालका लागि सन्दीप लामिछानेले २, सोपाल कामी र साहाब आलमले १ १ विकेट लिएका थिए। आलम निकै महंगो भए। उनले ४ ओभरमा ४५ रन दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *