पारस खड्का र ज्ञानेन्द्र मल्लको रेकर्ड आजै डेब्यु गरेका दुई खेलाडीले तोडे

डिसी नेपाल
४ वैशाख २०७८ १६:०३

काठमाडौं। टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका पूर्वकप्तान पारस खड्का र हालका कप्तान ज्ञानेन्द्र मल्लको रेकर्ड तोडिएको छ । पारस र ज्ञानेन्द्रले २०१९ को एसियाली खेलमा भुटानविरुद्ध बनाएको रेकर्ड तोडिएको हो । पारस र ज्ञानेन्द्रको नाममा टि–२० अन्तर्राष्ट्रियमा वहिलो विकेटका लागि सर्वाधिक रन साझेदारीको रेकर्ड थियो ।

पारस र ज्ञानेन्द्रले २०१९ मा भुटानविरुद्ध १०८ रनको पार्टनरसिप गरेका थिए । यो रेकर्ड आज नेदरल्याण्डविरुद्ध डेब्यू गरेका कुशल भुर्तेल र आसिफ शेखले तोडेका हुन् । उनीहरुले पहिलो विकेटको लागि ११६ रनको पार्टनरसिप गरेका छन् । नेपालको लागि कुनै पनि विकेटका लागि सर्वाधिक पार्टनरसिपको रेकर्ड भने पारस खड्का र आरिफ शेखको नाममा छ ।

पारस र आरिफले २०१९ कै सेप्टेम्बरमा सिंगापुरविरुद्ध पहिलो विकेटका लागि रेकर्ड १४५ रनको पार्टनरशिप गरेका थिए । त्यो खेलमा पारसले शतक बनाएका थिए । पारसले ५२ बलमा बनाएको त्यो शतक आफैंमा रेकर्ड थियो । पारस लक्ष्य पिछा गर्ने क्रममा शतक बनाउने पहिलो कप्तान बनेका थिए ।

त्यो खेलमा पारसको नाममा लक्ष्य पिछा गर्ने क्रममा कप्तानले बनाएको सर्वाधिक रनको रेकर्ड समेत बनेको थियो । तर, त्यो रेकर्ड भने ३ दिनअघि मात्र पाकिस्तानका कप्तान बाबर आजमले तोडे । आजमले लक्ष्य पिछा गर्ने क्रममा १२२ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *