पारस खड्का आजको खेल किन खेलेनन् ? नेपालले जितेपछि के भने ?

डिसी नेपाल
४ वैशाख २०७८ १७:२५

काठमाडौं। त्रिदेशीय सिरिजको उद्घाटन खेलमा नेपालले नेदरल्याण्डमाथि ९ विकेटको जित हात पारेको छ । डेब्यू गरेका खेलाडीहरु कुशल भुर्तेल र आसिफ शेखले शानदार अर्धशतकीय इनिङ खेलेपछि नेपालले ३० बल बाँकी छँदै जीत हात पारेको हो ।

आजको खेलमा प्लेइङ ११ घोषणा हुँदा कैयौंले पारस खड्का किन खेलेनन् भन्ने विषयमा चासो व्यक्त गरेका थिर्ए । पूर्वकप्तान पारस गएको आइतबार अभ्यास खेलका क्रममा घाइते भएकोले आजको खेल नखेलेका हुन् । पारसले ट्वीटरमार्फत आफू घाइते भएकोले आजको खेल खेल्न नसक्ने बताएका थिए ।

पारसले ट्वीट गर्दै क्याच लिने प्रयासका क्रममा आफ्नो दायाँ काँधमा चोट लागेको बताएका थिए । उनले आफूले ५ दिनसम्म डाक्टरको निगरानीमा स्वास्थ्यलाभ गर्दै आएको भए पनि आफू फिट हुन नसकेको र डाक्टरले समेत अझै २ देखि ३ हप्ता आराम गर्न सुझाव दिएकोले आफू यो प्रतियोगिता खेल्न नसक्ने बताएका थिए । सम्भवतः पारस यो पूरै सिरिज खेल्न सक्ने छैनन् ।

आज नेपालले खेल जितेपछि पारसले ट्वीट गर्दै कुशल भुर्तेल र आसिफ शेखको प्रशंशा गरेका छन् । उनले कुशल र आसिफको प्रदर्शनलाई अद्भूत भनेका थिए । पारसले आजै बिहान पनि ट्वीट गर्दै नेपाली टिमलाई तीतको शुभकामना दिएका थिए ।

नेपालले नेदरल्याण्डमाथि शानदार जीत हात पारेसँगै सामाजिक संजालमा यसको चर्चा छ । माइक्रोब्लगिङ साइट ट्वीटरमा लगातार क्रिकेट सम्बन्धी ह्याशट्यागहरु ट्रेन्ड गरिरहेका छन् । नेपालले आज नेदरल्याण्डलाई ३० बल बाँकी छँदै ९ विकेटले पराजित गरेको हो । ट्वीटरमा यतिबेला नेपाल भर्सेज नेदरल्याण्ड, नेपाल, कुशल भुर्तेल, ट्राइनेशन सिरिज, आसिफ शेख लगायत ट्रेन्ड गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *