हैदराबादलाई सहज लक्ष्य

डिसी नेपाल
४ वैशाख २०७८ २१:३९

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा मुम्बईले हैदराबादलाई सहज लक्ष्य दिएको छ । चेन्नाईमा जारी खेलमा मुम्बईले १५१ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो । मुम्बईका क्वीन्टन डी ककले सर्वाधिक ४० रन बनाए । यस्तै रोहित शर्माले ३२ तथा काइरन पोलार्डले ३५ रन बनाए ।

हैदराबादका मुजीब उर रहमान र विजय शंकरले २/२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *