पोखरा म्याराथन : छात्रतर्फ विवेक र छात्रातर्फ नर्मतालाई उपाधि

डिसी नेपाल
४ वैशाख २०७८ २२:२८
12
Shares

कास्की । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आज सम्पन्न पाँच किमी दौडको उपाधि छात्रतर्फ विवेक परियार र छात्रातर्फ नर्मता गुरुङले जित्न सफल भएका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको १५औँ संस्करणको म्याराथनअन्तर्गत पोखरा रङ्गशालाबाट शुरु भएको सो दौडमा कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा अवस्थित ज्ञान ज्योति बोर्डिङ स्कूलका छात्र परियारले २१ मिनेट ५२ सेकेण्डमा निर्धारित दूरी पार गरी उपाधि जित्न सफल भएका हुन् ।

यसैगरी छात्रातर्फ भानु माध्यमिक विद्यालय तनहुँका गुरुङले २८ मिनेट १० सेकेण्डमा दौड पूरा गरी उपाधि हासिल गरिन् । उपाधि विजेता दुवैले जनही रु १० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । छात्रतर्फ पद्मोदय मोडल सेकेण्डरी स्कूल दाङका छात्र गृष रानामगरले २२ मिनेट दुई सेकेण्डमा दौड पूरा गरी द्वितीय र ज्योति मावि नवलपरासीका आशिष पोखरेलले २२ मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय बन्न सफल भए ।

छात्रातर्फ पद्मोदय मोडल सेकेण्डरी स्कूल दाङका बन्दना चौधरीले ३० मिनेट सेकेण्डमा दूरी पूरा गरी द्वितीय र कास्कीको माछापुच्छ«े गाउँपालिकास्थित उदय मावि धम्पुसका विनु विकले ३१ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी तृतीय स्थान हासिल गरे । छात्र÷छात्रातर्फ द्वितीय र तृतीय हुनेले जनही रु सात हजार र चार हजारका दरले नगदसहित मेडल पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, प्रतियोगिताका संयोजक हरिप्रसाद पराजुली, महासचिव खेम गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा सात वर्षदेखि १६ वर्ष उमेर समूहका खेलाडीको सहभागिता थियो ।

सो अवसरमा उपप्रमुख गुरुङले हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङलाई सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै नगद रु पाँच हजार प्रदान गरिन् । भुम्दीकोट समाज पोखराले पनि परिवारलाई नगद रु पाँच हजार प्रदान गरेको छ । पोखरा म्याराथनअन्तर्गत गत फागुन १ गते ४२ किमीको म्याराथन, महिलाका लागि २१ किमीको हाफ म्याराथन आयोजना गरिएको थियो । चैत १४ गते पुरुष तथा महिला १० किमी दौड सम्पन्न भइसकेको छ ।

विगतका वर्षहरुमा सबै विधाका प्रतियोगिता एकै दिन आयोजना हुने गरेकामा यस वर्र्ष कोरोना सावधानी अपनाउन र भीडभाड नगर्न फरक–फरक मितिमा आयोजना गरिएको मञ्चका अध्यक्ष तेज गुरुङले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *