उजुरीको चाङ लाग्ने वैदेशिक रोजगार विभाग यतिबेला सुनसान

रिता बस्नेत
५ वैशाख २०७८ ७:११

काठमाडौं। वैदेशिक रोजगार विभाग आजभोलि सुनसान देखिने गरेको छ। वैदेशिक रोजगार विभागका निमित्त महानिर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालको कार्यकालमा जस्तो धेरै पीडितको उजुरी आएजस्तो हाल नआएको बताए।

विभागका तत्कालीन महानिर्देशक दाहाल वैदेशिक रोजगारीमा जाने श्रमिकका हितमा बोल्ने र रोजगारीमा पठाउने म्यानपावर व्यवसायीलाई पारदर्शी बनाउने पक्षमा लागिपरेका थिए। दाहाल विभाग गएको एक महिनापछि नै विश्वभर कोरोना संक्रमणका कारण वैदेशिक रोजगारी ठप्प भएको थियो।

कोरोना खोप आएसँगै विस्तारै चलमलाउन थालेको बजारसँगै वैदेशिक रोजगारी पनि खुल्न थाल्यो। जसको नेतृत्वदायी भूमिकामा रहेका दाहाल श्रमिकलाई पीडित बनाउने व्यवसायी, व्यक्ति आदिप्रति खरो रुपमा प्रस्तुत भए। त्यसबेला उनी संस्थागत मात्रै नभएर व्यक्तिगतरुपमै पीडितको उद्धार कार्यमा खटिएका थिए।

विभागका तत्कालीन महानिर्देशक दाहाल वैदेशिक रोजगारीमा जाने श्रमिकका हितमा बोल्ने र रोजगारीमा पठाउने म्यानपावर व्यवसायीलाई पारदर्शी बनाउने पक्षमा लागिपरेका थिए। दाहाल विभाग गएको एक महिनापछि नै विश्वभर कोरोना संक्रमणका कारण वैदेशिक रोजगारी ठप्प भएको थियो।

सेवाग्राहीको हितमा काम गर्न रमाउन खोज्ने उनलाई पीडित र उद्धार चाहने व्यक्तिहरुसमेतले सिधैं फोन गरी सेवा दिन आग्रह गर्थे र उनी तत्काल गर्नुपर्ने काममा जुटिहाल्थे। विभागले अवैधानिक कार्य गर्ने संस्थाहरुप्रति गत मंसिर ८ गतेदेखि अनुगमन र छापा मार्ने कार्यलाई तिब्रता दिएको थियो। श्रमिक अथवा सेवाग्राहीको हितमा काम गर्ने क्रममा दाहालको कार्यकालमा ५७ वटा म्यानपावर र ४४ वटा ओरियन्टेशन संस्थाप्रति छापा मारिएको थियो।

जसले गर्दा श्रमिकको हितमा काम गर्ने दाहालप्रति व्यवसायी भने रुष्ठ थिए। त्यस्तै, पछिल्लो समय उनले कारवाही गरेको म्यानपावरलाई श्रम मन्त्रीले फुकुवासमेत गरिदिएका थिए। अन्ततः विभाग छिरेको १४ महिनापछि दाहाललाई विभागबाट सरुवा गरियो। जसको परिणाम सुनसान विभागले समेत देखाएको छ।

त्यसैगरी, अभिमुखीकरण तालिमसम्बन्धमा विभागका शाखा अधिकृत मातृका सापकोटाले भने, ‘मान्छे हेरेर उजुरी आउने रहेछ। डिजी सर (तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल) विभागमा रहेको बेला यहाँ उजुरी दिने पीडितको भिड लाग्थ्यो। दिनकै उजुरी गर्न आउनेको भिड हुन्थ्यो। तर, अहिले सुनसान छ। आज (यही बैशाख २ गते) त झन कोही पनि आएनन्। डिजी सरप्रति सेवाग्राहीलाई विश्वास रहेछ।’ उनले तत्कालीन महानिर्देशक दाहालको सरुवाले विभागमा खासै काम नभएको र उजुरी पनि नआएको बताए।

मान्छे हेरेर उजुरी आउने रहेछ। तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल विभागमा रहेको बेला यहाँ उजुरी दिने पीडितको भिड लाग्थ्यो। दिनकै उजुरी गर्न आउनेको भिड हुन्थ्यो। तर, अहिले सुनसान छ। आज (यही बैशाख २ गते) त झन कोही पनि आएनन्। डिजी सरप्रति सेवाग्राहीलाई विश्वास रहेछ।

२०७३ सालमा बायोमेट्रिक सुरु भएदेखि ओरिएन्टेशन संस्थाहरुको अनुगमन गरिएको थिएन। शाखा अधिकृत सापकोटाका अनुसार तालिम प्रदायक संस्थाहरुको गत फागुन २० गतेदेखि अनुगमन सुरु भएको हो। उनले भने, ‘फागुनको १९ गते विभागका महानिर्देशक दाहाल सरले मलाई लिएर अनुगमनमा निस्कनु भयो। दुई–तीन वटामा गएपछि अनुगमन गर्नु पर्ने कुरा बुझ्यो। त्यसपछि अनुगमन योजनावद्ध रुपले गरेर संस्थाहरुलाई पारदर्शी बनाउनु पर्छ भनी हामीलाई निर्देशन दिनुभएपछि फागुन २० गतेदेखि निरन्तर अनुगमनमा लागि परेका हौं।’

त्यसैगरी, शाखा अधिकृत सापकोटाले विभागले अहिलेसम्म काठमाडौं, झापा, मोरङ, धनुषा आदिका ओरियन्टेशन संस्थामा अनुगमन तथा छापा मार्ने काम गरेको बताए। उनका अनुसार गत फागुन २० गतेदेखि चैत २ गतेसम्म ४४ वटा तालिम प्रदायक संस्थामा छापा मारेको थियो भने त्यो बाहेक एउटै संस्थामा दुईदेखि तीन पटकसम्म अनुगमन गरिएको थियो।

वैदेशिक रोजगारमा जानुभन्दा पहिला अनिवार्य अभिमुखीकरण तालिम लिनैपर्ने व्यवस्थाको उल्लंघन गर्दै श्रमिकको हातमा तालिम बिनाकै प्रमाणपत्र थम्याउने गरेकाले विभागद्वारा ती संस्थाहरुमा अनुगमन तथा छापा मार्ने काम भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *