मलेसियाविरुद्ध ओडोडको शतक, नेदरल्याण्ड विशाल स्कोरतर्फ बढ्दै

डिसी नेपाल
५ वैशाख २०७८ १३:३३

काठमाडौं। त्रिदेशीय सिरिज अन्तर्गत आज जारी नेदरल्याण्ड र मलेसियाको खेलमा नेदरल्याण्डका म्याक्स ओडोडले शतक बनाएका छन् । उनले ५९ बलमा शतक बनाएका हुन् । १८ औं ओभरको पहिलो बलमा ओडोडले शतक बनाउँदासम्म नेदरल्याण्डले २ विकेटको क्षतिमा १५४ रन बनाएको छ । १०२ रन बनाएका ओडोड र १७ रन बनाएका बेन कुपर क्रिजमा छन् । यो टि-२० मा नेदरल्याण्डको लागि पहिलो शतक हो ।

नेदरल्याण्ड आज विशाल स्कोरतर्फ अगाडि बढिरहेको छ । अझै केही बल बाँकी भएको र विकेट पनि बाँकी भएकोले नेदरल्याण्डले ठूलो स्कोर बनाउने अपेक्षा गरिएको छ । हिजो भएको उद्घाटन खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य नेपालले ३० बल बाँकी छँदै भेट्टाएको थियो । नेपालका लागि हिजोको खेलमा डैब्यू गरेका कुशल भुर्तेल र आसिफ शेख दुवैले अर्धशतक बनाएका थिए ।

नेपाल, नेदरल्याण्ड र मलेसियाबीच हुने यो त्रिदेशीय सिरिजमा कूल ७ अन्तर्राष्ट्रिय टि–२० हुनेछन् । आज मलेसिया र नेदरल्याण्ड, सोमबार नेपाल र मलेसिया, मंगलबार नेपाल र नेदरल्याण्ड, बुधबार मलेसिया र नेदरल्याण्ड तथा बिहीबार नेपाल र मलेसियाबीच खेल हुनेछ । शुक्रबार एक दिन खेल हुने छैन र अर्को शनिबार तालिकामा शीर्ष स्थानमा रहने २ टिमबीच फाइनल खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *