मलेसिया पराजित

डिसी नेपाल
५ वैशाख २०७८ १५:४४

काठमाडौं । त्रिदेशीय सिरिज अन्तर्गतको दोस्रो खेलमा मलेसिया नेदरल्याण्डसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा मलेसिया १५ रनले पराजित भएको हो ।

नेदरल्याण्डले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ओभरमा ८ विकेट गुमाएर १७६ रन बनायो । त्यसका लागि विरन्दीप सिंहले ८७ रन बनाए । यस्तै शारविन मुनीयान्डीले २८ तथा अमीनुद्दीन राम्लीले २६ रन बनाए । नेदरल्याण्डका आर्यन दत्त, बास लिडे र फिलिप बोसेभेनले समान २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले म्याक्स ओडोडको उत्कृष्ट शतकको मद्दतमा निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।

नेदरल्याण्डका लागि म्याक्स ओडोडले ७३ बलमा नटआउट १३३ रन बनाए । स्कट एडवार्डले ३१ र बेन कुपरले २० रन बनाए । मलेसियाका लागि पवनदिप सिंह र अनवर रहमानले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *