बेंग्लोरको सहज जित

डिसी नेपाल
५ वैशाख २०७८ १९:३६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको पहिलो खेलमा बेग्लोेरले कोलकत्तालाई सहजै हराएको छ । चेन्नाईमा भएको खेलमा बेंग्लोर ३८ रनले विजयी भएको छ ।

बेंग्लोरले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रनमा समेटियो । त्यसका लागि आन्द्रे रसेलले ३१ तथा कप्तान ओयन मोर्गनले २९ रन बनाए । यस्तै शाकिब अल हसनले २६ रन बनाउँदा राहुल त्रिपाठीले २५ रन जोडे । बेंग्लोरका काइल जेमिसनले ३ तथा युजवेन्द्र चहल र हर्सल पटेलले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । त्यसका लागि ग्लेन म्याक्सवे र एबी डिबिलियर्सले शानदार ब्याटिङ गरे । म्याक्सवलले ४९ बलमा ७८ तथा डिबिलियर्सले ३४ बलमा ७६ रन बनाए । दुवै खेलाडीले समान ९ चौका र ३ छक्का प्रहार गरे । कोलकत्ताका वरुङ चक्रवर्तीेले ३ विकेट तथा प्याट कमिन्स र प्रसिद्द कृष्णले १/१ विकेट लिए ।

जितसँगै बेंग्लोर अंक तालिकाको शीर्षस्थानमा रहेको छ । बेंग्लोरले ३ खेलमा ३ वटै जित हासिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *