आइपिएलमा ‘ओरेन्ज’ क्याप खोसाखोस

डिसी नेपाल
६ वैशाख २०७८ १०:३३

काठमाडौं। आइपिएलमा ‘ओरेन्ज क्याप’ खोसाखोस भएको छ । प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानले पाउने ‘ओरेन्ज क्याप’ आइतबार मात्र ३ जना ब्याट्सम्यानमा हस्तान्तरण भयो । हिजोकै दिनमा यो क्याप अझै धेरै पटक हस्तान्तरण हुन सक्ने सम्भावना रहे पनि केही ब्याट्सम्यानले भने अवसरको सदुपयोग गर्न सकेनन् ।

हिजोको पहिलो खेल सुरु हुँदासम्म ओरेन्ज क्याप कोलकाता नाइटराइडर्सका नितिश राणासँग थियो । तर, पहिलो खेलको पहिलो इनिङमा रोयल च्यालेन्जर्स बैंगलोरका ग्लेन म्याक्सवेलले ७६ रनको इनिङ खेल्दै नितिश राणाबाट ओरेन्ज क्याप खोसे । दोस्रो इनिङ कोलकाताकै थियो । तर, नितिश राणाले १८ रन मात्र बनाउन सके ।

दोस्रो खेलमा ६१ रन बनाएर म्याक्सवेलपछि दोस्रो स्थानमा पुगेका थिए । तर दोस्रो खेलकै हदोस्रो इनिङमा दिल्ली क्यापिटल्सका शिखर धवनले ९२ रन बनाउँदै म्याक्सवेलबाट ओरेन्ज क्याप खोसे । हिजो म्याक्सवेलसँग ओरेन्ज क्याप केही घण्टाको लागि मात्र रह्यो । केही घण्टामै शिखर धवनले यसमाथि कब्जा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *