त्रिदेशीय सिरिजः नेपालले टस जितेर ब्याटिङ गर्दै

डिसी नेपाल
७ वैशाख २०७८ १३:०९

काठमार्डौं । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याडसँग हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

आज नेपालले टिममा कुनै पनि परिवर्तन गरेको छैन । नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । जारी सिरिजमा नेपालले दुई खेलमा दुई जित हासिल गरेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा ९ विकेट हराएको थियो । यस्तै मलेसियालाई पनि नेपालले ९ विकेटले नै हराएको थियो ।

नेपाली टिमः

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहरा, साहब आलम, आशिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *