कोरोनाविरुद्धको रुसी खोपलाई पनि नेपालमा अनुमति
काठमाडौं। नेपालले रुसमा बनेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन उपयोगका लागि अनुमति दिएको छ। मंगलबार औषधि व्यवस्था विभागले रूसको गामेलया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको कोरोना खोप स्पुतनिक–५लाई आपत्कालीन अनुमति दिएको हो।
स्पुतनिक–५ खोप ९१.६ प्रतिशतसम्म प्रभावकारी देखिएको खोप निर्माताले दावी गर्दै आएका छन्।। उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित तरिकाले भण्डारण गर्न सकिने पनि कम्पनीले जनाएको छ। नेपालमा स्पुतनिक खोप आयातका लागि लोमस फर्मास्युटिकल्सलाई अनुमति दिइएको छ।
नेपालले यसअघि अक्सफोर्ड–एस्ट्राजेनेकाको सहयोगमा भारतीय कम्पनी सिरम इन्स्टिच्युटले बनाएको ‘कोभिसिल्ड’ भारत बायोटेकले बनाएको ‘कोभ्याक्सिन’ र चीनको सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेडले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई आपतकाीलन उपयोगका अनुमति दिइसकेको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment