सेती नदीमा बेपत्ता युवक चार दिनपछि भेटिए

डिसी नेपाल
७ वैशाख २०७८ २२:२६
44
Shares

डोटी । सेती नदीमा बेपत्ता भएका युवकको शव आज फेला परेको छ । गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेत्ता भएका जिल्लाको सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लले जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमाटी नजीकको सेती नदीमा फेला परेको हो । नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *