कर्णालीमा कोभिड सतर्कताः एम्वुलेन्स भाडामा लिनेदेखि निजी होटल उपयोग गर्नेसम्म

डिसी नेपाल
९ वैशाख २०७८ २०:२१

सर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरस रोकथामको लागि कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रले तत्कालका लागि १० वटा एम्वुलेन्स भाडामा लिनेदेखि निजी होटेलहरुलाई उपयोग गर्नेसम्मको योजना बनाएको छ।

विहीवार बसेको केन्द्रको बैठकले यस्तो योजना तय गरेको हो। पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजातिले आतंकित बनाइरहेको बेला कर्णाली प्रदेशमा पनि यसको तयारी तिव्र गतिमा भैरहेको छ।

बैठले कोरोना रोगको नियन्त्रण तथा उपचारका लागि खरिद गर्न आवाश्यक स्वास्थ्य सामाग्रीहरु विशेष परिस्थिसत अनुरुपको प्रकृया अपनाइ खरिद गर्न स्वीकृत लिनका लागि सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।

कर्णाली प्रदेश अन्तर्गतका कोभिड अस्पतालका लागि चौविसै घण्टा विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गर्ने र कोभिड संकट व्यवस्थापनको लागि आवाश्यक जनशक्ति पूर्ति गर्न आवाश्यक वजेटसहित एकृत सेवा व्यावस्थापन गर्न ठोस योजना बनाइ विस्तृत प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयलाई मिलाउने छ।

कोरोना रोगको संक्रमण दिन प्रतिदिन समूदायमा फैलिसकेकाले यसको नियन्त्रण र उपचारका लागि अब कठिन अवस्था सिर्जना हुने भएकोले औपचारिक कार्यक्रममा बढीमा २५ जना र अनौपचारिक कार्यक्रममा ५ जना भन्दा बढी भेला हुन नदिन र कोभिड सम्बन्धि समूदायलाई सतर्क गराइने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *