‘हाम्रो घैँटोमा घाम लागेन भने देशमा लकडाउन लाग्छ’

तर्कबहादुर थापा
१० वैशाख २०७८ १०:३१

काठमाडौं। रत्नपार्क वरिपरिको सडकपेटीभरी व्यापार ब्यवसाय सञ्चालनमा छ। आफ्नो गन्तव्यमा जानको लागि सवारी साधन पर्खनेदेखि किनबेच गर्नेको बाक्लै घुइँचो त्यहाँ देखिन्छ। बाक्लै मान्छेको उपस्थिति रहँदा पनि कसैले पनि स्वास्थ्यका मापदण्डहरु अपनाइरहेको पाइँदैन।

नयाँ वानेश्वरको फुटपातमा राखिने बजारमा पनि त्यस्तै भीड देख्न सकिन्छ। चावहिलको तरकारी बजार, कोटेश्वरको फुटपातबजार यी नमुना मात्र हुन्। काठमाडौं उपत्यकामा त्यस्तो धेरै ठाउँछन् जहाँ हरेकदिन मान्छेको उस्तै खाले भीड हुनेगर्छ।

कोरोनाको दोश्रो लहर सुरु भएपछि दबावमा परेको सरकारले जनताको रोजीरोटी नखोसियोस भनेर लकडाउन गर्न सकिरहेको छैन। स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै नेपालको स्वास्थ्य प्रणालीले धान्न नसकिने गरी नेपालमा कोरोना फैलिइरहेको स्वीकार गरिसकेको छ।

२०७६ चैत्र ११ गतेदेखि लगाइएको लकडाउनका कारण देशले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु पर्यो। जव २०७७ सालको साउनमा लकडाउन खुल्ला गरियो त्यसपछि नेपालमा कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्यो। त्यो दर बढ्नुमा जनता नै दोषी देख्छन् नेपाल वायुसेवा निगमका सिनियर पाइलट क्याप्टेन विजय लामा।

कोरोनाको पुरानो रुप होस्, नयाँ नयाँ भेरियन्ट होस्, चाहे भारतमा आएको जस्तो त्रिपल म्यूटेन्ट भेरियन्ट होस्। हामी सजग हुनुको कुनै विकल्प छैन। मैले कोरोनाको खोप आयो भन्ने बेला पनि भनेको थिएँ, खोप आएरमात्र हुँदैन स्वाथ्यका मापदण्डहरु अपनाउँनु पर्छ भनेर

लामाले कोरोनाको बारेमा भ्रम नफैलाउन अनुरोध पनि गरेका छन्। उनी आफू संक्रमित भएपछिमात्र कोरोनाको बारेमा थाहा हुने भन्दै केही होइन भन्ने जस्ता भ्रामक शब्द प्रयोग गर्नेलाई सरकारले कारवाही गर्नु पर्ने बताउँछन्।

डिसी नेपालसँग कुरा गर्दै क्याप्टेन लामाले भने, ‘मलाई विश्व स्वास्थ्य संगठनको दलाल भने पनि भन्नुहोस्। तर, गरिब जनताको स्वास्थ्यमाथि खेलबाड नगर्नुहोस्। हामीले स्वास्थ्य भन्दा ठूलो कुनै धन बोकेर आएका छैनौं। कोरोना केही हैन भनेर भ्रामक शब्द प्रयोग गर्नेलाई सरकारले पनि कारवाही गरोस्।’

लामाले स्वदेश विदेश गर्दाको आफ्नो अनुभव सुनाउँदै भने, ‘कोरोनालाई हल्का रुपमा बुझेको, लापरवाही गरेको, कोरोनासँग खेलाँची गरेको नेपाल बाहेक भेटिँदैन। हामीमा कस्तो खालको मानसिकता छ। किन हामी कोरोना जस्तो महामारीलाई हलुका रुपमा लिइरहेका छौं।’

जनस्वास्थ्यका मापदण्ड अपनाउन गरिएको अनुरोध सरकारको कमजोरीको रुपमा जनताले लिएको जनस्वास्थ्य विज्ञको भनाइ छ। उनीहरु सरकारले पनि धेरै ठाउँमा मन्त्रालयद्वारा जारी गरिएको प्रोट्रोकलको धज्जी उड्ने गरी कार्यक्रम गरिरहेको बताउँछन्।

‘हामी सजग हुनुको अर्को कुनै विकल्प छैन,’ जनस्वास्थ्य विद् डा. रवीन्द्र पाण्डेले डिसी नेपालसँग भने, ‘कोरोनाको पुरानो रुप होस्, नयाँ नयाँ भेरियन्ट होस्, चाहे भारतमा आएको जस्तो त्रिपल म्यूटेन्ट भेरियन्ट होस्। हामी सजग हुनुको कुनै विकल्प छैन। मैले कोरोनाको खोप आयो भन्ने बेला पनि भनेको थिएँ, खोप आएरमात्र हुँदैन स्वाथ्यका मापदण्डहरु अपनाउँनु पर्छ भनेर।’

छिमेकी भारतमा त्रिपल म्यूटेन्ट भेरियन्ट भेटिएकोले पनि हामीले धेरै पाठ सिक्नु पर्ने पाण्डेको भनाइ छ। पाण्डेले भने, ‘नेपाल र भारतको खुल्ला सीमा भएका कारण धेरै कुराहरु सहजै आदान प्रदान हुन्छन्। अहिले भारतमा त्रिपल म्यूटेन्ट भेरियन्टको कोरोना भेटिएको छ। भन्नुको मतलब नेपाल पनि त्यो खतराबाट बाहिर छैन। हामीले अझै चेनाएनौ भने कहिले चेताउने? सबै सकिएपछि पछुताउनु भन्दा केही विकल्प हुन्छ। म त भन्छु अझै बेला छ।’

सरकारको तर्फबाट हेर्दा जनताको स्वास्थ्य र जीवन रक्षाभन्दा ठूलो अर्को नभएका कारण ठूलो मात्रामा कोरोना संक्रमित बढ्न थालेपछि लकडाउनको विकल्प नहुने पाण्डेको भनाइ छ। ‘सरकारलाई लकडाउन नगर भन्नु छ भने हामी आफैं पहिला सचेत हुन जरुरी छ, हाम्रो घैंटोमा घाम लागेन भने दशेमा लकडाउन पक्का लाग्छ’ डा. पाण्डेले भने।

नेपालमा हालसम्म १ हजार १ सय ८० आइसीयू र ५ सय १२ भेन्टिलेटरमात्र प्रयोग गर्नसक्ने अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा छ। उक्त तथ्याङ्कअनुसार होम आइसोलेसनमा रहेका व्यक्तिहरु अस्पताल भर्ना गर्नु पर्ने अवस्था आयो भने आजको दिनमा पनि हाम्रो स्वास्थ्य प्रणालीले कोरोनाको चाप धान्न सक्ने अवस्थामा छैन।

मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म १२ हजार ६ सय ९० जना आइसोलेसमा रहेका छन्। जसमध्ये ११ हजार ६ सय ७५ हजा होम आइसोलेसनमा रहेका छन्। ५९ जना भेन्टिलेटरमा छन् भने देशभरका आइसीयूमा १ हजार १५ जना रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *