पञ्जाव सामु मुम्बईको कमजोर ब्याटिंग, पञ्जावलाई १३२ रनको लक्ष्य

डिसी नेपाल
१० वैशाख २०७८ २१:२९
76
Shares

काठमाडौं। भारतमा जारी आईपीएलको शुक्रबारको खेलमा मुम्बई इण्डियन्सले पञ्जाव किंग्सलाई १३२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले कमजोर ब्याटिंग गर्यो। मुम्बईले ६ विकेटको क्षतिमा १३१ रन बनायो।

चेन्नईको चेपक मैदान ब्याट्सम्यानका लागि निकै गाह्रो मानिन्छ। यो पीचमा जारी आईपीएलमा १५० रनको स्कोर पनि डिफेन्ड भइसकेको छ। ब्याट्सम्यानका लागि स्लो पीचमा मुम्बईका कप्तान रोहित शर्माले भने ५२ बलमा ६३ रनको योगदान दिए।

पञ्जावका लागि जारी लिगमा पहिलो खेल खेलिरहेका लेग स्पीनर रवि विश्नोइले २ विकेट लिए भने, फास्ट बलर मोहम्मद शामीले पनि २ विकेट लिए। यो पीचमा ब्याट्सम्यान खुलेर खेल्न नसक्ने भएकाले मुम्बईले दिएको यो लक्ष्य पछ्याउन पञ्जावलाई सजिलो भने हुने छैन। जारी लिगमा पञ्जावले कमजोर प्रदर्शन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *