गत २४ घण्टामा २ हजार ६ सय बढी कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

डिसी नेपाल
११ वैशाख २०७८ १६:४२

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ६ सय १८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

मन्त्रालयले दिएको जनकारी अनुसार काठमाडौं उपत्यकामा ८ सय ७२ जना संक्रमित थपिएका छन्। प्रदेश १ मा ७७ जना, प्रदेश २ मा १२८ जना, बाग्मतीमा १ हजार ६७ जना, गण्डकीमा ११० जना, लुम्बिनीमा ९२१ जना, कर्णालीमा ४६ जना र सुदूरपश्चिम प्रदेशमा १३७ जना कोरोनाका संक्रमित थपिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार २० वर्षदेखि ४० वर्ष उमेर समूहका सबैभन्दा बढी संक्रमित थपिएका छन्। हालसम्म १६ हजार ८ सय २८ सक्रिय संक्रमित रहेका छन्। आज ३ सय ६८ जना निको भएर घर फर्किएका छन्, भने ७१ जना क्वारेन्टाइनमा रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *